बैशाख ७, २०८१ शुक्रबार

लक्ष्मी माविले पुराणको हिसाव सार्वजनिक गरोस् : सम्पादकीय

झापाको अर्जुनधारा नगरपालिका – ६ मा रहेको लक्ष्मी माविमा लामो समय अभिभावकको नेतृत्व बन्न सकेन । बन्न सकेन भन्दा पनि तत्कालिन प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताले अभिभावकलाई विधालयमा टेक्नै दिएनन् । जसका कारण विधालयमा व्यवस्थापन समिति बन्न सकेन । अभिभावक संघ गठन नै हुन सकेन । दुवै समिति नहुँदाको लाभ तत्कालिन प्रअ गुप्ताले उठाए । अर्थात, विधालयलाई मनपरी हिसावले सञ्चालन गरे । त्यसैको परिणाम स्वरुप अभिभावकका सामु अप्रिय बने र विधालयमा लखेटिए । बाहिरबाट हेर्दा विधालयलाई चिटिक्क , हेर्न लायक बनाएका थिए । तर, विधालयभित्रको फोहोरी खेल असाध्यै गन्हाएको थियो । फोहोर गन्हाए पनि धेरैले नाक बन्द गरेर हिडे । उनलाई प्रतिप्रश्न गर्नै सकेनन् ।

विधालयमा प्रअ भएर वर्षौ काम गरेका गुप्ताको हरहिसाव अहिले पनि गञ्जागोल छ । उनले विधालयमा पुराण लगाए । पुराणमा सहयोग गर्ने सबै दाता समेत खुशी हुन अझै सकेका छैनन् । दाताले दिएको हिसावको खोजी अहिले पनि हुने गर्छ । पुराणको हिसाव बारे असाध्यै धेरै प्रश्न उठ्यो । विवाद पनि भयो । विधालयमा विवाद चर्किए पछि अभिभावक तातिए । नभन्दै व्यवस्थापन समिति बनाउन दवाव बढ्यो । र, विधालयमा व्यवस्थापन समिति पनि बन्यो । विधालयभित्र गुप्तालाई सहयोग गर्ने पनि विधालयबाट सँगै बाहिरिनु प¥यो । अहिले विधालयमा अभिभावकको नेतृत्व छ ।

विभिन्न समयमा आर्थिक अनियमितता गरेको आरोप गुप्तालाई लागेको छ । नयाँ व्यवस्थापन समितिले आर्थिक पारदर्शिता हेर्न भर्खरै लेखापरीक्षण सम्पन्न गरेको छ । लेखापरीक्षणको प्रतिवेदनमा गुप्ताले २४ लाख भन्दा बढि रकम विधालयको खातामा जम्मा गर्नुपर्ने देखियो । लाखौं रुपैयाँ एउटा हेडमास्टरले व्यक्तिगत प्रयोजनमा खर्च गर्नु असामान्य विषय हो । अनियमितताकै नयाँ रुप पनि हो । यदि लेखापरीक्षण गरिएको थिएन भने गुप्ताले बुझाउनु पर्ने रकम देखिने थिएन । विधालयलाई ठुलो नोक्सान हुने थियो । उनको आर्थिक मामिला अपारदर्शी रहेको प्रतिवेदनले देखाउछ । उनले अझै धेरै शिक्षकलाई तलव समेत दिएका छैनन् । आफु सरकारी शिक्षक भएर पनि निजी शिक्षकको तलव लिएका छन् । यसर्थ, त्यस्ता मुद्दालाई पनि व्यवस्थापन पक्षले थप अध्ययन गरोस् । पुराणको हिसाव एक पटक हेरे अझ नयाँ तथ्यहरु फेला पर्नेछन् ।

प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार  १ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]