चैत्र १५, २०८० बिहीबार

अनेरास्ववियू झापाको संयोजकमा खतिवडा

बिर्तामोड । अनेरास्ववियू झापाको संयोजकमा समर्पण खतिवडा चयन भएका छन् । सोमबार बिर्तामोडमा भएको विधार्थी भेलाले खतिवडालालाई संयोजकको जिम्मेवारी दिएको हो ।
पार्टी एकतापछि बनेको नेकपाको विधार्थी संगठन झापामा घोषणा भएको पहिलो कमिटीमा विवाद भएपछि खतिवडाको संयोजकत्वमा ५१ सदस्यीय कमिटी बनाइएको केन्द्रीय सदस्य मनोज ताम्लीले जानकारी दिए । उनले खतिवडा संयोजक रहेको कमिटी आधिकारिक हुने बताए ।

प्रचण्ड–नेपाल समूहले बनाएको कमिटीमा विधार्थीहरुको असन्तुष्टि रहेपछि विधार्थीहरुकै चहनामा नयाँ कमिटी घोषणा गरिएको बताएका छन् । उनका अनुसार आजको भेलाले स्थानीय तहका संयोजक , सहसंयोजक र क्याम्पसहरुमा संयोजक र सहसंयोजकको जिम्मेवारी तोकिएको छ । जिल्ला कमिटीमा सहसंयोजक र थप १० सदस्य बैठकले तय गर्ने उनको भनाई छ । केन्द्रीय सदस्य ताम्ली र अर्का केन्द्रीय सदस्य डम्बर अधिकारीले कमिटीको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : मंसिर १५, २०७७ सोमबार  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]