बैशाख ७, २०८१ शुक्रबार

मंगलबार थप १३ सय ४ जनामा संक्रमण, २१ जनाको मृत्यु

झापा । नेपालमा मंगलबार थप १ हजार ३ सय ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा १ हजार ३ सय ४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको भने हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ३३ रहेको छ ।

त्यस्तै, देशभर पछिल्लो २४ घण्टामा २ हजार ७३ जनाले कोरोना जितेका छन् । यससँगै निको हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट देशभर अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ हजार ५ सय २९ पुगेको छ ।

प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार  ४ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]