बैशाख २६, २०८१ बुधबार

झापामा विधालय खुल्न थाले

बिर्तामोड । विधालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ जारी भएपछि जिल्लामा विधालय सञ्चालनको लागि व्यापक तयारी भइरहेको छ । झापाका १५ वटै पालिकामा अहिले विधालय सञ्चालन बारे आवश्यक छलफल, अन्तरक्रिया चलिरहेको छ ।

कार्यढाँचाले व्यवस्था गरे बमोजिम विधालयहरुले योजना बनाइरहेका छन् । केहि विधालयहरुमा पठनपाठन शुरु नै भइसकेको छ । झापाको कचनकवल गाउँपालिकाले बिधालय सञ्चालन गर्न थालेको छ । महिनौसम्म बन्द भएका विधालय त्यहाँ धमाधम खुल्न थालेका छन् । झापाकै कोरोना ‘हटस्पट’ बनेको कचनकवलमा विस्तारै कोरोना संक्रमण दर घट्दै गइरहेको छ ।
यस्तै, बिर्तामोडस्थित गरामनीमा रहेको दुर्गा माध्यमिक विधालयले आजबाट विधार्थीलाई उपस्थित गराएर पठनपाठन शुरु गर्ने शिक्षक धर्मेन्द्र भट्टराई ‘मामा’ ले जानकारी दिए । उनका अनुसार कार्यढाँचा बमोजिमको मापदण्डमा विधालय सञ्चालन गरिने बताए । हामी दैनिक दुई चरणमा कक्षा सञ्चालन गर्छौं, मामाले भने – आलोपालो तरिकाबाट विधार्थीलाई कक्षामा सहभागी गराइने छ ।

गौरीगञ्ज गाउँपालिकामा रहेको जनकल्याण आधारभूत विधालयले पठनपाठन शुरु गरेको छ । शिक्षक सिपी भट्टराईले हरेक कक्षाका विधार्थीलाई हप्तामा दुई पटक विधालयमा उपस्थित गराएर पढाउन थालिएको बताए । दैनिक १ बजेसम्म विधालय सञ्चालन भइरहेको भट्टराईले जानकारी दिएका छन् । उनले विधालयमा आवश्यक सुरक्षा मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्न थालेको बताए । गाउँपालिकाको शिक्षा शाखाले भने बमोजिम विधालय सञ्चालन गर्न थालिएको छ । सो विधालय यसअघि पूर्ण रुपमा विधालय बन्द थियो । चैतदेखि बन्द भएको विधालय भर्खरैबाट सञ्चालनमा आएको हो । केहि महिनाअघि गाउँगाउँमा वैकल्पि सिकाई अवलम्बन गर्दा प्रभावकारी नभए पछि बन्द गरिएको थियो ।

अर्जुनधारामा विधालय सञ्चालनका लागि मंगलवार सरोकारवाला बिच छलफल भएको छ । नगरपालिकाले विधालयहरुलाई तत्कालै आवश्यक कार्ययोजना पेश गर्न भनेको छ । कार्ययोजना अनुरुप विधालय सञ्चालनको अनुमति दिने तयारी भएको शनिश्चरे माविका शिक्षक पुण्य सुवेदीले जानकारी दिए । उनले भने , अब विधार्थीलाई भौतिक रुपमै उपस्थित गराउने निर्णयमा पुगेका छौं । थोरै विधार्थीलाई आलोपालो तरिका अपनाएर पठनपाठनको लागि तयारी हुन नगरपालिकाले सूझाव दिएको छ ।

झापाको मेचीनगरपालिकाले विधालयमा पठनपाठन शुरु गरेको छ । मेचीनगरसहित भद्रपुरले पनि विधालयमा विधार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाउन थालेको छ ।
स्थानीय तहलाई विधालय सञ्चालनको अनुमति दिए पछि आवश्यक मापदण्ड पुरा गर्ने विधालयलाई सञ्चालनको अनुमति दिन थालिएको छ । पालिकाले विधालयसँग कार्ययोजना माग गर्ने र अनुगमनपछि अनुमति दिने गरिएको बताइएको छ ।

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार  ९ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]