बैशाख १५, २०८१ शनिबार

म्याराडोनालाई पिता दाबी गरेपछि शव गाढ्न अदालतले रोक्यो

एजेन्सी। अजेन्टिनाको एक अदालतले चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको शव गाड्न रोक लगाएको छ ।

बीबीसीका अनुसार पितृत्व मामिलामा अनुसन्धान गर्न उनको डीएनए परीक्षण गर्न आवश्यक हुन सक्ने भन्दै अदालतले शव सुरक्षित राख्न भनेको हो । गत महिना हृदयाघातका कारण ६० वर्षीय म्याराडोनाको निधन भएको थियो ।

२५ वर्षीया मगाली गिल नामकी युवतीले म्याराडोना आफ्ना पिता भएको दाबी गर्दै मुद्दा हालेकी छन् । यसै कारण अदालतले म्याराडोनाको डीएनए परीक्षण गर्न चाहेको हो । विवाहपछि म्याराडोनाका दुई छोरी भएका छन्, तर सम्बन्ध विच्छेदपछि उनले आफू अरू ६ बच्चाको बाबु भएको स्वीकार गरेका थिए ।

प्रकाशित मिति : पुष ३, २०७७ शुक्रबार  ९ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]