बैशाख १५, २०८१ शनिबार

मेस्सीद्धारा पेलेको कीर्तिमान बराबर

एजेन्सी । लियोनल मेस्सीले महान खेलाडी ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान बराबरी गरेका छन् । बार्सिलोनाका स्टार मेस्सीले एकै क्लबबाट खेल्दै पेलेको ६ सय ४३ गोलको कीर्तिमान बराबरी गरेका हुन् ।

शनिबार भ्यालेन्सियासंग २–२ को बराबरी खेल्दा मेस्सीले बार्सिलोनाबाट एक गोल गरेका थिए ।पहिलो हाफको ईन्जुरी समयमा मेस्सीले हेडमार्फत गोल गर्दै पेलेको कीर्तिमान बराबरी गर्न सफल रहे ।

मेस्सीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । ८० वर्षिया पेलेले सन् १९५६ देखि १९७४ सम्म १९ सिजन ब्राजिली क्लब सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए ।

मेस्सीको गोलका बाबजुत बार्सिलोनाले तालिकाको बिचमा रहेको भ्यालेन्सियाविरुद्ध जित निकाल्न भने सकेन । नतिजाले २६ पटकको च्याम्पियन बार्सिलोना तालिकाको पाँचौ स्थानमा रह्यो । क्याटलान क्लब शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ८ अंकले पछि रह्यो ।

पाहुना टोली भ्यालेन्सियाले सुरुवातमै मोक्टार दिखाबीको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको ईन्जुरी समयमा मेस्सी पेनाल्टीमा चुकेपछि बार्सिलोनाले खेल बराबरी गर्ने अवसर गुमाएको थियो । लगत्तै मेस्सीले गोल गर्दै खेल बराबरीमा ल्याए ।

घरेलु टोलीका रोनाल्ड अरुजोले बार्सिलोनालाई २–१ ले अघि बढाएका थिए । तर म्याक्सिमिलियानो गोमेजले गोल गर्दै बार्सिलोनासंग अंक खोस्न सफल भए ।

बार्सिलोना २१ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । भ्यालेन्सिया १५ अंक सहित १२ औं स्थानमा छ ।

शनिबारमात्रै एट्लेटिकोले इल्चेलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । शीर्ष स्थानको एट्लेटिको २९ अंक जोडेको छ । एट्लेटिकोलाई जित दिलाउन लुईस सुआरेजले दुई तथा डिएगो कोस्टाले एक गोल पेनाल्टीमा गरेका थिए ।

प्रकाशित मिति : पुष ५, २०७७ आईतबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]