बैशाख १७, २०८१ सोमबार

गौतमको हत्यामा संलग्न काका–भतिज पक्राउ, इप्रका धुलावारीद्वारा सार्वजनिक

बिर्तामोड । कर्तव्य ज्यान मुद्दामा फरार रहेका झापा मेचीनगरका दुई व्यक्तिलाई प्रहरीले एकहप्तामै पक्राउ गरेको छ । पक्राउ गरी उनीहरुलाई आजै सार्वजनिक गरिएको छ । पुस २ गते मेचीनगरमा भएको हत्याको घटनामा संलग्न दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलावारीले आज सार्वजनिक गरेको हो ।

मेचीनगर–९ का ४२ वर्षीय पर्शुराम गौतमलाई हत्या गरेको स्वीकार गर्ने मेनपा–९ का बुधलाल किसान र २८ वर्षीय भुखन किसानलाई प्रहरीले सार्वजनिक गरेको हो । गौतम आफ्नै आगनमा मृत अवस्थामा फेला परेका थिए । गौतम र पक्राउ परेका दुवै जना अघिल्लो दिन राती रक्सी खाएर एक आपसमा विवाद भएको प्रहरीको भनाई छ । विवादका क्रममा बुधलालका भतिज भुखनले कुटपिट गर्दा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटना भएको भोलीपल्ट दुवै जना गाउँमा नरहेको भनी प्रहरीले सूचना पाएपछि उनीहरुलाई खोजतलास गरिएको थियो । खोजीका क्रममा भेटिएका बुधबालले आफ्नै भतिजले कुटपिट गरेर हत्या गरेको प्रहरीलाई जानकारी गराएका थिए । भतिजले रगताम्मे भएको कपडा बुधलालले राखेको ढोक्सामा भेटिएको र सो ढोक्सा उनले प्रमाण नष्ट गर्न जलाइदिएको प्रहरीले बताएका छन् । दुवैलाई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इप्रका धुलावारीबाट अनुसन्धान अघि बढाइएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : पुष ९, २०७७ बिहीबार  ४ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]