चैत्र १५, २०८० बिहीबार

हुसेन मिया कारागार चलान

बिर्तामोड । लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१ क ४० वर्षीउ हुसेन मिया रहेका छन् । उनी ०७६ असारदेखि फरार थिए ।

झापा प्रहरीले मियालाई मेनपा–१० स्थित पशुहाटबाट पक्राउ गरेको प्रवक्ता राकेश थापाले जानकारी दिए । उनलाई झापा जिल्ला अदालतले २० हजार जरिवाना र तीन वर्ष कैदको फैसला सुनाएको थियो । बिहीवार पक्राउ परेका मियालाई शुक्रवार जिल्ला अदालतमा उपस्थित गराई फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको छ । उनलाई पीसीआर परीक्षण गरि नेगेटिभ आएपछि कारागार पठाइने छ ।

प्रकाशित मिति : पुष १०, २०७७ शुक्रबार  ७ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]