जेष्ठ ५, २०८१ शनिबार

कनकाईका दिनेश : नयाँ–नयाँ आविस्कार गरेको दावी

सिएम शर्मा

कनकाई । कनकाई नगरपालिका– ३ निवासी दिनेश ओलीले प्रविधिको क्षेत्रमा नयाँ अविस्कार गरेको दावी गरेका छन् । सानै उमेरदेखि विज्ञान प्रविधिको क्षेत्रमा रुचि राख्दै आएका दिनेशलाई आफ्नो पारिवारिक अवस्थाले यस क्षेत्रमा अघि बढ्न समस्या थियोे ।

कक्षा चारमा पढ्ने बालक दिनेशले आफुलाई खाजाखान दिएको १०/२० रुपैयाँ बचत गरि कवाडी पसलबाट आवश्यक उपकरण खोजेर खरिद गरि साना तिना अविस्कार गर्न सुरु गरे र अहिले महत्वपूर्ण प्रविधिको अविस्कार गर्न सफल भएको बताएका छन् । यस्तै सानातिना उपकरण निर्माणसँगै विभिन्न प्रदर्शनीमा भाग लिदै सफलता पाउन थालेपछि उनको प्रोजेक्टमा बिद्यालय र विभिन्न संघ संस्थाले सहयोग पर्याउन थालेका छन् ।

कक्षा ११ मा पढ्दा दिनेश र दिनेशको टिमले विद्यालको तर्फबाट वयदर सेटलाइट , ओकेटोके , लेजर लाइट होम सेक्रेटरी सिस्टमको निर्माण गरि टि–सन इन्जिनियरिङ एस्पो –२०१६ धरानको विजेता बन्न पुगे । यो सफलताले विज्ञान र प्रविधिको क्षेत्रमा झन् प्रेरित गरेको उनको भनाई छ ।
नेपाल बिज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टमा ६ दिने कार्यक्रममा भाग लिने मौका पाएका उनले कक्षा १२ मा पढ्दा बैंकको सुरक्षाका लागि बैंकको लकर खोल्ने समयभन्दा अगाडि कोहि व्यक्ति उक्त लकर कोठाभित्र छिरेमा बैंकका सम्बन्धित ब्यक्तिलाई मोबाइलमा म्यासेज पठाउने र साईरन बजाउने र केही बेरसम्म साइरन बजिरहे नजिकैको प्रहरी चौकीलाई सूचना समेत पठाउन सक्ने बैंक सेक्रेटरी सिस्टम बनाएका थिए । घरमा भएका बिधुतीय उपकरणलाई स्मार्ट तरिकाले सञ्चालन गर्न मद्दत पुर्याउने, घरमा आफु नभएको बेला कुनै पनि विधुतीय उपकरणलाई खोल्नु वा निभाउनु परेमा मोबाइलको सहायतामा सजिलै चलाउन सकिने होम अटोमेसन , वातावरणमा रहेको मौसमी कुराको मापन गर्ने वेदर सेटलाइट साथै करिब पाँच किलोमिटर क्षेत्रमा ५०० मानिसले निशुल्क फोन कल , भिडियो कल , म्यासेज , कुनैपनि डकुमेन्ट वा ईमेल साथै युटुभ भित्र रहेका भिडियोहरु डाउनलोड तथा अपलोड गर्न मिल्ने , फेसबुक जस्तै सामाजिक सन्जालमा एक आपसमा कुरा गर्न , च्याट गर्न , स्टाटस र फोटाहरु अपलोड गर्न मिल्ने नानो स्टेसन इन्टरनेट सरभरको निर्माण गरेको जानकारी दिए । ज्ञानज्योति युवा क्लव र कनकाई माविले आयोजना गरेको प्रदर्शनीमा सफलता पूर्वक परिक्षण समेत भइसकेको छ ।

नाष्टको सहयोगमा उनले स्मार्ट कृषिको लागि चाहिने खेतबारीमा आवश्यकता अनुसार राखिएको पानी मेसिनले आफै तान्ने , पानीको मात्रा पुगेपछि मेसिन आफै बन्द गरिदिने , सम्बन्धित खेत धनिको स्मार्ट फोनमा एसएमएस पठाउने अटोमेइक वाटर पम्प प्रविधि साथै खेतबारीको मौसमी विवरण थाहा पाउन सकिने , माटोमा के–के पदार्थहरु कति मात्रामा रहेको छ भन्ने थाहा दिने फिल्ड वेदर मनिटरिङ्ग सिस्टम समेत निर्माण गरि नाष्टलाई हस्तान्तरण गरिसकेका छन् ।
भर्खरै मात्र दिनेशले कनकाई नगरपालिकाको आर्थिक सहयोगमा झापाको सुरुङ्गाबाट उत्तर तर्फ छोटो दुरिमा रहेका पर्यटकीय क्षेत्र धनुषकोटी धाम , जगन पाण्डे चुलि हुँदै पुगिने ईलामको माइ नगरपालिकास्थित झण्डि डाँडामा फ्रि वाईफाई पु¥याउन सफल भएका छन् । सुरुङ्गा चोककबाट पाँच किलोमिटरको दुरिमा रहेको झण्डिडाँडा क्षेत्रबाट फोन गर्न पनि सम्भव थिएन ।

विभिन्न खोज र अनुसन्धान मध्ये महत्वपूर्ण प्रोजेक्ट यसपालिको आफ्नो योजनामा रहेको दिनेश बताउँछन् । जसले एकदमै सुरक्षित तरिकाले धेरै लामो दुरीसम्म सन्देश पठाउने र सन्देश पाउने काम गर्ने , अरु धेरै विधुतीय उपकरणहरुबाट आएका सन्देश हरुलाई समेत पकड्ने क्षमता राख्छ । विभिन्न भु–उपग्रहहरुले छाडेका डाटालाई समेत पकड्ने क्षमता राख्ने , जस्ले गर्दा मौसम सम्बन्धी आउने परिवर्तन र अन्य धेरै कुराहरु एकदमै सहज तरिकाले थाहा पाउन सकिने र अर्को महत्वपूर्ण कुरा यस प्रविधिलाई सफलता पूर्वक बनाउन सकेमा देशको महत्वपूर्ण अंग सुरक्षाकर्मीलाई एकदमै ठूलो मद्दत पु¥याउने उनी बताउँछन् ।

हाल बुटवलस्थित कोरिया नेपाल इन्सिच्युट अफ टेक्नोलोजीमा छैटौं सेमिस्टारमा अध्ययनरत दिनेशले यस प्रोजेक्टको सानो परीक्षण भने आफै अध्ययन गर्दै गरेको कलेजमा गरेको र परीक्षणपछि सम्भब हुने थाहा भएपछि यस प्रबिधिलाई पुर्ण रुपमा सफल पार्ने योजनामा रहेको बताएका छन् ।

शुक्रबार ज्ञानज्योती युवा क्लबले सुरुङ्गामा गरेको बिज्ञान प्रविधि सम्बन्धी एक दिने कार्य गोष्ठीमा बोल्दै दिनेशले आफ्नो घरमा आमा बुबा र दुई भाइ रहेकोमा दुवै भाई पुर्णरुपमा अशक्त रहेको र आर्थिक हिसाबले पनि कमजोर भएकोले आफ्नो प्रोजेक्ट सफल बनाउन देश बिदेशमा रहेका सहयोगीहरुलाई अपिल समेत गरेका छन् । सोही कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले दिनेशले सुरु गरेको प्रोजेक्टलाई नगरले पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : पुष ११, २०७७ शनिबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]