जेष्ठ ५, २०८१ शनिबार

पत्रकार न्यौपानेलाई सुशासन पत्रकारिता पुरस्कार

झापा । नेपाल निजामति कर्मचारी संगठन झापाले ‘प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार’ बाट विवेचना दैनिकका सम्पादक सुब्रत न्यौपानेलाई पुरस्कृत गरेको छ ।

एपीवान टेलिभिजनका झापा व्युरो प्रमुख समेत रहेका न्यौपानेलाई शनिबार जिल्ला समन्वय समितिमा आयोजित समारोहमा पुरस्कृत गरिएको हो । भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताविरुद्ध निरन्तर कलम चलाउँदै आएका पत्रकार न्यौपाने २० वर्षदेखि झापाको पत्रकारितामा क्रियाशील छन् ।

पत्रकारिताको माध्यमबाट अविच्छिन्न रुपमा समाज रुपान्तरणमा गरेको योगदानको कदर गर्दै अग्रज पत्रकार न्यौपानेलाई पुरस्कृत गरिएको नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेलले बताए । पुरस्कारको राशि सात हजार सात सय ७७ रुपैयाँ छ ।

पत्रकार न्यौपानेलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य बसन्त बानियाँ, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपमहासचिव चेतनाथ न्यौपाने, पेशागत महासंघका प्रदेश इन्चार्ज देवराज कार्की, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष बशिष्ठ अधिकारीले दोसल्ला ओढाएर नगदसहित पुरस्कृत गरेका हुन् ।

यसवर्षको उत्कृष्ट राष्ट्रसेवक कर्मचारी पुरस्कारबाट कृषि ज्ञान केन्द्र झापाका कार्यालय सहयोगी मीनबहादुर विष्ट र कचनकवलका स्वास्थ्यकर्मी पुण्य बराललाई पुरस्कृत भएका छन् । उत्कृष्ठ राष्ट्रसेवक कर्मचारी पुरस्कारको राशि १० हजार एकसय एकाउन्न रहेको छ ।

प्रकाशित मिति : पुष ११, २०७७ शनिबार  ६ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]