जेष्ठ ५, २०८१ शनिबार

एक दशकदेखि प्रिन्टर मर्मत गर्दै भूपेन्द्र

बिर्तामोड । प्राविधिक क्षेत्रमा उज्जवल भविष्य देखेका भुपेन्द्र उप्रेतीले युवाहरुलाई स्वदेशमै संभावना खोजी गर्न आग्रह गरेका छन् । उनले नेपालमै पनि पर्याप्त संभावनाका ढोकाहरु खुल्ला हरेको बताए ।

प्राविधिक क्षेत्रमा एक दशक विताएका उप्रेती पूर्वमा कहलिएका प्राविधिक हुन् । प्राविधिक क्षेत्रमा पनि उनी प्रिन्टरमा दख्खल राख्छन् । चर्चित प्रिन्टर ब्रदर्स र इप्सनले उनलाई आधिकारिक प्राविधिकको रुपमा प्रमाणित नै गरिसकेको छ ।

०६६ सालदेखि यो क्षेत्रमा आएका कनकाई नगरपालिका–७ दुर्गापुरका उप्रेती अहिले बिर्तामोडस्थित क्वालिटी कम्प्युटरमा कार्यरत छन् । क्वालिटीमा प्रिन्टर्सकै मर्मत गर्ने उनी पूर्वमा ताप्लेजुङदेखि विराटनगरसम्म सहयोग गर्दै आएका छन् । अध्ययनकै क्रममा काम खोज्दै भौतारिएका उप्रेती क्वालिटी पुगेका थिए । त्यहिबाट प्रिन्टरमा मसी हाल्न सिकेका उनलाई प्रिन्टर मर्मतका लागि दक्ष मानिन्छ ।

उप्रेती भन्छन्, ‘यहाँ राम्रो भविष्य छ । त्यसैले म ११ वर्षदेखि यहि क्षेत्रमा छु ।’ उनी क्वालिटीको प्रिन्टर्स तर्फका मुख्य प्राविधिक हुन् । दैनिक १६/१७ वटासम्म मर्मत गर्दै आएका छन् । सीप सिकेर नेपालमै स्वरोजगार बन्न सकिने उनको धारणा छ । २५ सय रुपैयाँबाट क्वालिटी छिरेका उप्रेतीको परिवार त्यहिबाट चलेको छ । आफु प्राविधिक क्षेत्रमा रहेर प्राविधिक सहयोग गर्न पाउँदा खुशी भएको बताए ।

प्रकाशित मिति : पुष १२, २०७७ आईतबार  ११ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]