जेष्ठ ५, २०८१ शनिबार

अविश्वास प्रस्तावको सामना गर्छुु : मुख्यमन्त्री राई

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार प्रदेश सभामा आफूविरुद्ध पेस गरिएको अविश्वास प्रस्ताव सुविधाजनक बहुमतका साथ सामना गर्ने बताउनुभएको छ । सङ्घीयतालाई ‘कोल्याप्स’ गर्ने चालबाजीका रूपमा अविश्वास प्रस्ताव आएको भन्दै त्यसलाई असफल बनाउने उहाँले दाबी गर्नुभयो ।

प्रदेश सरकार असक्षम भएर नभइ सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर प्रदेशहरूलाई कमजोर बनाउने, अस्थिरता र कमजोर बनाउने र सङ्घीयतालाई संस्थागत हुन नदिन निर्देशित ढङ्गबाट अविश्वास प्रस्ताव आएको उहाँकाे भनाइ छ । 

मुख्यमन्त्री राईले भन्नुभयाे, ‘यसको सामना म आरामले गर्छु, किन आरामले गर्छुभन्दा विवेक भएका माननीय सदस्यहरू प्रदेश सभामा हुनुहुन्छ । उहाँहरूलाई याे बनिबनाउ, निर्देशित, सुनियोजित, चालबाजी हो, गोटी हो भनेर राम्रोसँग थाहा छ ।’

मुख्यमन्त्री राईले आफूले सफल रूपमा प्रदेशको नेतृत्व गरिराखेको दाबी गर्दै सुविधाजनक बहुमतका साथ प्रदेश सभामा यसको सामना गर्ने बताउनुभयाे । संविधानलाई कार्यान्वयन हुन नदिन अनेक प्रयास हुँदै आएको बेला नागरिकलाई अपिल गरेर ठूलो जनमत प्राप्त गरेको उहाँले बताउनुभयो ।  

आइतबार बिहान प्रदेश सभाका ३६ जना सांसदले अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेका हुन् । निवर्तमान अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्ताव दर्ता गर्नुभएको हो । प्रदेश एकमा ९३ सांसद छन् । तीमध्ये नेकपाका ६७ सांसदमध्ये प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् । यसअघि प्रदेशका सामाजिक विकास मन्त्रीसहित तीन जनाले राजीनामा दिइसक्नुभएकाे छ । 

प्रकाशित मिति : पुष १२, २०७७ आईतबार  ४ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]