जेष्ठ ६, २०८१ आईतबार

खाद्यमै धान विक्रि गर्न किसानको आकर्षण

बिर्तामोड । उचित मुल्य नपाएपछि किसानले गाउँका व्यापारीलाई धान दिएका छैनन् । सरकारले तोकेको धानको समर्थन मुल्य मै विक्रि गर्न अहिले झापाका किसान खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीको मुख्य शाखा विर्तामोड धाइरहेका छन् ।

दैनिक जसो झापाली किसान धान बोकेर बिर्तामोड आइरहेको कार्यालयले जनाएको छ । उचित मुल्य पाएपछि खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडमा धान विक्रि गरिरहेको किसानले बताएका छन् ।

कचनकवल –७ बालुवाडीका कृष्ण बहादुर पौडेलले यो वर्ष गाउँका व्यापारीलाई धान विक्रि गरेनन् । अघिल्लो वर्षसम्म व्यापारीकै मुल्यमा धान दिए पनि उनले यो वर्ष खाद्यलाई नै विक्रि गरेको बताए । सोमवार धान लिएर विर्तामोड आएका किसान पौडेलले तल्लो भेगबाट भाडा तिरेर आउँदा पनि धान विक्रिमा घाटा नभएको जानकारी दिए । उनले खाद्यमा सोना मंसुली ७९.८५ क्विन्टल र रञ्जित धान १८.१६ क्विन्टर विक्रि गरेका छन् । सरकारले तोकेको समर्थन मुल्य मै धान विक्रि गरेको जानकारी दिए । सरकारले सोना मंसुली प्रति क्विन्टल रु २८८५ र रञ्जित प्रति क्विन्टल रु २८९० तोकेको छ ।

गत वर्षभन्दा यो वर्ष धान विक्रिका लागि धेरै किसान आएको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी मुख्य शाखा विर्तामोडका प्रमुख देवेन्द्र राईले जानकारी दिए । उनले गाउँमा व्यापारी दिने मुल्यभन्दा सरकारले तोकेको मुल्य राम्रो भएकाले किसानले विक्रिका लागि खाद्य आउने गरेको बताए । उनका अनुसार जिल्लाका सबै भागबाट किसानहरुले धान विक्रि गर्न ल्याएका थिए । चालु वर्ष सोना १५ हजार क्विन्टल र रन्जित ८ हजार क्विन्टल खरिद गरिने जानकारी दिए । केन्द्रले निर्धारण गरेको कोटामा धान खरिद गरिने प्रमुख राईको भनाई छ । उनका अनुसार हालसम्म सोना ५ हजार १ सय ७८.४६ क्विन्टल र रन्जित ४ सय ६४ क्विन्टल खरिद भइसकेको छ । राईले समयमै कोटा पुरा हुने विश्वास लिएका छन् ।

किसानले खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीमा धान विक्रि गर्न स्थानीय तहबाट किसान भएको प्रमाणित सिफारिस लिनुपर्ने छ । सोहि सिफारिसका आधारमा धान खरिद गर्ने कम्पनीले जनाएको छ । हालसम्म ८० जना किसानले धान विक्रि गर्न ल्याएको बताइएको छ । २ सय क्विन्टलसम्म एकै किसानले धान विक्रि गरेको कम्पनीले जनाएको छ ।
धान लिएर विर्तामोडसम्म आउन समस्या हुने भएकाले धेरै किसान गाउँमै विक्रि गर्न पनि बाध्य छन् । धेरै किसानले गाउँगाउँमा खरिद केन्द्र स्थापना गरे सुविधा हुने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : पुष १४, २०७७ मंगलबार  ६ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]