चैत्र १५, २०८० बिहीबार

झापामा २२ विघामा व्यवसायिक प्याज खेती

केशब चापागाईं

शरणामती । झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिका वडा नं. – ६ का किसानले व्यवसायिक प्याज खेती थालेका छन् । झापा गाउँपालिका –६ को चन्द्रकित्ता आसपासमा २२ बिघा जग्गा भाडामा लिई प्याज खेती शुरु गरिएको छ ।

फिदिम नगरपालिका–११ का सुमन न्यौपाने, बुद्दशान्ती–३ झापाका केशब भुर्तेल र झापा गाउँपालिका–६ का सोमनाथ प्रसाईंले मिलेर व्यवसायिक प्याज खेती थालिएको जानकारी दिए । कोरियन प्रबिधीलाई कोरियामा सिकेर नेपालमै व्यवसायिक प्याज खेती गर्न थालिएको केशब भुर्तेलले बताए । स्थानीय स्तरमा हुने प्याजको मागलाई ध्यानमा राखी ठुलो मात्रामा प्याज खेती गरिएको भुर्तेलले बताए । प्याज रोपिसक्दा यसको लगानी करिव ४०÷४५ लाख पुग्ने भुर्तेलको भनाई छ ।

२२ बिघाह १० वर्षका लागि वर्षको प्रति बिघाह ३० मन धान दिने सर्तमा लिजमा लिएर आफुहरुले व्यवसायिक प्याज खेती गर्न थालेको अर्का कृषक सोमनाथ प्रसाईले बताएका छन् । प्रसाईले भने, ‘प्रति बिघाह दस हजार केजी प्याज फलाउने लक्ष्य छ, अब हेरम’ । प्याज खेती गरिरहँदा प्याजका बेर्ना रोप्न, माटो बनाउन, सिचाँई गर्न कम्तीमा ४० जनालाई रोजगारी दिएको प्रसाईले बताए । अहिले परीक्षणमा २२ विघाहमा खेती गरिए पनि पछि ५० बिघाह क्षेत्रफलसम्म खेती गरिने लक्ष्य रहेको प्रसाईको भनाई छ ।

झापामै पहिलो नमुना प्याज खेती आफ्नो क्षेत्रमा भित्रिंदा यहाँका स्थानीय खुसी भएका छन् । कोरियन प्रबिधीबाट बाँजो रहेका जग्गामा प्याज खेती गर्दा आफुहरुलाई गौरब महसुस भएको स्थानीयले बताए । भारतको निर्भरतामा बाच्नु परेकोले अब यसरी नेपालमै खेती हुदाँ प्याजमा आत्मनिर्भरता बढेको स्थानीय कमलप्रसाद भट्टराईले बताए । भट्टराईले यसरी व्यवसायीक खेतीले रोजगारी समेत बढाएको भन्दै खुसी व्यक्त गरेका छन् । रोजगारी पाएकोमा स्थानीय रानी हस्दाले खुसी व्यक्त गरिन् । ‘नजिकै काम पाइएको छ, काम गर्न थालेको पनि हप्ता दिन भयो, हामी खुसी छौ ।’ हस्दाले भनिन् ।

यसैविच व्यवसायिक प्याज खेतीको विधिवत रुपमा उद्घाटन गरिएको छ । स्थानीय टीका प्रसाद ओझाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा झापा गाउँपालिका–६ का वडाध्यक्ष हरिबहादुर बानियाँको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ ।

प्रकाशित मिति : पुष १५, २०७७ बुधबार  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]