जेष्ठ ६, २०८१ आईतबार

प्रचण्ड–माधवले अफवाह फैलाए : धनकुटा अध्यक्ष राजेन्द्र राई प्रधानमन्त्री ओलीकै पक्षमा

धनकुटा । नेकपा धनकुटाका अध्यक्ष एवं सांसद राजेन्द्र राई बिरुद्ध सुनियोजित रुपमा माधव–प्रचण्ड समुहले प्रचारबाजी गरेको खुलेको छ । धनकुटामा पुस १४ गते आयोजना गरेको धनकुटा जिल्ला भेलामा न्युन उपस्थित भएपछि अत्तालिएका माधब–प्रचण्ड समुहले आफू निकटका पत्रकारमार्फत समाचार लेखाइ चरित्र हत्या गर्ने प्रयास गरेको खुलेको छ ।

होटल प्यासिफिकको सानो हलमा आयोजना गरेको गुट भेलामा जिल्लाका प्रभावशाली नेताको अनुपस्थिती भएपछि अध्यक्ष राईको चरित्र हत्या गर्ने कार्य थालेको बताइएको छ । भोजपुरबाट सञ्चालन भइरहेको एक अनलाइनमा मन्त्री नपाएपछि माधव–प्रचण्ड समुह लागेको भन्ने भ्रामक समाचार प्रकाशित गराउन केन्द्रीय तहका नेताको निर्देशन रहेको बताइएको छ । माधव–प्रचण्ड समुहले केन्दीय तहका पत्रकारको निर्देशनमा धनकुटाका पत्रकार ईश्वर थापामा मार्फत समाचार लेख्न लगाएका थिए ।

उक्त समाचार प्रकाशित भएपछि नेकपा धनकुटाका कार्यालय सचिव भीम राईले प्रेस विज्ञप्ती प्रकाशित गरी अध्यक्ष राई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको मुल पार्टी नेकपामै जिम्मेवार भएर क्रियासिल रहेको जानकारी दिइएको छ । धनकुटाको विकास निर्माणको योजना माग गर्नको लागि काठमाडौमा रहेका अध्यक्ष राईले समेत भ्रामक र कपोकल्पित समाचार भएको बताउनु भयो।

धनकुटा जिल्लामा अध्यक्ष राईको नेतृत्वमा सातवटै स्थानीय तहमा पुर्व नेकपा एमालेका उम्मेदवारले जित्नुभएको थियो । त्यस्तै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन समेत जितेको थियो । ती सबै निर्वाचित जनप्रतिनिधि अध्यक्ष राईसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपामा हुनुहुन्छ । यही कारण धनकुटामा पुर्व माओबादी निकट नेतृत्व समेत नेकपामै रहने भएपछि अध्यक्ष राईको विषयमा भ्रम फैलाउने कार्य भएको प्रेश विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : पुष १५, २०७७ बुधबार  १० : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]