बैशाख १४, २०८१ शुक्रबार

प्रदेश १ मा १७६ डिस्चार्ज, २० संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार २८६ पुगेको छ ।

प्रदेश १ मा आज २० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३, झापामा ४, सुनसरी, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको कटहरी र विराटनगरमा ३–३, बुढीगंगा र गौरादहमा २–२, ग्रामथानमा १ र स्थानीय तह नखुलेका २, झापाको शिवसताक्षीमा २, अर्जुनधारा र विर्तामोडमा १–१, सुनसरीको इटहरी, खोटाङको खोटेहाङ र प्रदेश १ बाहिरका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म संक्रमितको संख्या २९ हजार ७७५ पुगेको छ ।

प्रदेश १ मा आज २२५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ८ हजार ६६३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : पुष १६, २०७७ बिहीबार  ३ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]