जेष्ठ ६, २०८१ आईतबार

झापाका १६ सहित ४२६ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२२५ जनामा गरिएको परीक्षणमा २७३ पुरुष र १५३ महिला गरी ४२६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७४८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार १०७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ६०४८ रहेको छ ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८६४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १३४, ललितपुरमा १८ र भक्तपुरमा १५ जना संक्रमित भेटिएका छन् । त्यस्तै कैलालीमा २९, कास्कीमा २६, बाँकेमा २३, दाङमा १९, झापामा १६, चितवनमा १३, रुपन्देहीमा १२, रसुवा र कञ्चनपुरा ११÷११ र मोरङमा १० जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : पुष १७, २०७७ शुक्रबार  ३ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]