बैशाख ६, २०८१ बिहीबार

त्रिवेणी खोलामा पक्की पुलको शिलान्यास

भद्रपुर । झापा क्षेत्र नम्बर ३ का प्रदेशसभाका सदस्य बसन्त बानियाँले त्रिवेणी खोलामा पक्की पुलको शिलान्यास गर्नुभएको छ ।

पूर्वाधार विकास कार्यक्रम अन्तर्गत १५.४० मिटर लम्बाई र ८.४० मिटर चौडाई रहेको भद्रपुर–१ मा रहेको सो पुलको बानियाँले आज शिलान्यास गर्नु भएको हो । रकमको कारण निर्माण कार्य अवरोध हुन नदिने प्रतिबद्धता गर्नुहुँदै माननीय सदस्य बानियाँले भन्नुभयो, पुलको गुणस्तर र तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । कार्यक्रममा भद्रपुरका नगर प्रमुख जीवनकुमार श्रेष्ठले स्थानीय समुदायले आफ्नो क्षेत्रमा निर्माण हुन लागेको कामलाई सहयोगी भई जुट्न आग्र गर्नु भयो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख तथा सिनियर डिभिजन इन्जिनियर रमेश श्रेष्ठले बजेटको अभाव र स्थानीय अवरोध भएनभने तोकिएकै समयमा गणस्तरीय पूल निर्माण गरिने दृढता व्यक्त गर्नुभयो ।

पुलको कर सहितको लागत १ करोड ८४ लाख, ९६ हजार २१० रहेको छ । कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष विनोदप्रसाद पोखरेल, वडानम्बर २ का वडा अध्यक्ष भीम सुब्बा कार्यपालिका सदस्य कौशिल्या अधिकारी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : पुष १७, २०७७ शुक्रबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]