बैशाख १४, २०८१ शुक्रबार

२०२१ को पहिलो दिन ३ लाख ७१ हजार ५०४ जना शिशु जन्मिए

काठमाडौं । नयाँ वर्ष सन् २०२१ को पहिलो दिन जनवरी १ का दिन संसारभरि ३ लाख ७१ हजार ५०४ जना शिशु जन्मिएको युनिसेफले जनाएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार कम्बोडियामा यसवर्षको पहिलो दिन ९७१ जना जन्मिएका छन् ।

अरु देशको तुलनमामा राम्रो व्यवस्थापन भएको अवस्थालाई निरन्तरता दिन कम्बोडिया सफल हुने आशा व्यक्त गरिएको छ ।

‘हजारौं नयाँ सुन्दर बालबालिकालाई स्वागत गर्न पाइएको छ, ‘यसले हामीलाई रामाञ्चित बनाएको छ, कम्बोडिायाका लागि युनिसेफका प्रतिनिधि फोरुघ’ फोयौजातले भने, ‘गतवर्ष सन् २०२० सबैका लागि चुनौतीपूर्ण वर्ष बनेको थियो त्यसमा पनि बालबालिकाका लागि झनै चुनौतीपूर्ण भएको थियो, तथापि कम्बोडियाले कोरोना भाइरसको महामारीमा राम्रो व्यवस्थापन गरेको पाइयो ।’

युनिसेफले सन् १९५२ देखि बालबालिकाको अधिकार र कलयाणका लागि कम्बोडियामा काम गरिरहेको वक्तव्यमार्फत जानकारी दिएको छ । 

प्रकाशित मिति : पुष १९, २०७७ आईतबार  ९ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]