बैशाख ६, २०८१ बिहीबार

मेचीनगरका बद्रीहाङ राई ५० राउन्ड गोलीसहित पक्राउ

काठमाडौंबाट भद्रपुर उड्न लागेको श्री एयरलाइन्समा टिकट काटेका एक व्यक्तिलाई प्रहरीले ५० राउन्ड गोलीसहित विमानस्थलमा पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-२ का बद्रीहाङ राई रहेका छन्।उनलाई नाइन एमएम पेस्तोलमा लाग्ने गोलीसहित सोमबार पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए।

उनका अनुसार १२:४५ को श्री एयरलाइन्सको जहाजमा उनी भद्रपुर उड्न लागेका थिए।प्रहरीले चेकिङका क्रममा उनको झोलाबाट गोली बरामद गरेको बाँस्तोलाले जानकारी दिए।

पक्राउ परेका राईलाई आवश्यक अनुसन्धानका लागि अहिले महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

प्रकाशित मिति : पुष २०, २०७७ सोमबार  १ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]