बैशाख ७, २०८१ शुक्रबार

शिवसताक्षीमा १० मेगावाट विधुत उत्पादन गर्ने काम तीब्र

झापा – झापा इनर्जी कम्पनी लिमिटेडले झापाको शिवसताक्षीमा सोलारबाट १० मेगावाट विधुत उत्पादन गर्ने विषयलाई निष्कर्षमा पुर्याएको छ । झापा इनर्जी कम्पनी लिमिटेडको आज विर्तामोडमा सम्पन्न दोस्रो साधारणसभामा सो जानकारी दिइएको हो ।

झापा इनर्जी कम्पनी लिमिटेडका अध्यक्ष एलपी साँवा लिम्वुले कम्पनीले नेपाल विधुत प्राधिकरणसँग पिपिए गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । ‘अहिलेसम्ममा सोलार प्लाण्ट राख्न जमिन खरिद गरिसकेका छौं’, अध्यक्ष सावाँले भन्नुभयो, ‘प्राविधिक काम गर्न केही समय लागे पनि अब अन्तिम तयारीमा पुगेका छौं । पिपिएपछि लगानी गर्ने बैंकको पनि टुङ्गो लाग्छ ।’

शेयरधनीको पैसाले जमिन खरिद गरेको उल्लेख गर्दै अध्यक्ष साँवाले भन्नुभयो, ‘सबै लगानीकर्ताको पैसा जग्गा किन्न लगानी गरेका छौं । अब बाँकी रहेको किस्ता जम्मा गर्नका लागि आग्रह गर्दछु ।’ कार्यक्रममा प्रदेश सांसद बसन्त बानियाँ, विर्तामोडका मेयर धुर्वकुमार शिवाकोटी, सहकारी अभियन्ता रामचन्द्र उप्रेती, युवा उद्यमी सुवास भट्टराई लगायतले सोलारबाट विजुली निकाल्ने र नेपाल विधुत प्राधिकरणलाई बेच्ने कामबाट लगानीकर्तालाई मुनाफा प्राप्त हुने धारणा राख्नुभयो ।

प्रकाशित मिति : पुष २५, २०७७ शनिबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]