जेष्ठ २, २०८१ बुधबार

पानीमा ब्रम्हलुट

विर्तामोड । झापामा उत्पादन भइरहेको कोलिफर्मयुक्त पिउने पानीको व्यापारमा लुट भइरहेको छ । जिल्लामा उत्पादित करिव १८ ब्राण्डका पानी खुद्रा व्यापारीले मनपरी बिक्री गरिरहेका छन् ।

एक कार्टुन पानीलाई उत्पादक कम्पनीले १२० देखि १३० रुपैयाँमा बिक्री गर्दै आएका छन् । एक कार्टुनमा १२ बोतल पानी हुन्छ । हिसाव गर्दा प्रति बोतल ११ रुपैयाँ पनि पर्न जाँदैन । तर, व्यवसायीले प्रति बोतल २० देखि ५० रुपैयासम्म विक्रि गर्दै आएको भटिएको छ । बुधबारेबाट उत्पादन भइरहेको जिरो एक्वा पनि प्रति कार्टुन १३० नै खरिद मुल्य पर्छ । शनिवार विएण्डसी आसपासका होटलमा पानी विक्रि गर्दै आएका एक्वाका एक कर्मचारीले भने,– अधिकतम व्यवसायीले प्रति बोतल २५ रुपैयाँका दरले विक्रि गर्दै आएका छन् । उनले व्यवसायीले पुँजी लगानी गरेका छन्, पानी चिसो बनाउँदा विधुत खर्च भएकाले मुल्य महंगिएको जानकारी दिए । उनैको भनाईलाई आधार मान्ने हो भने पनि पानीमा १२५ देखि ४०० प्रतिशत नाफा लिने गरिएको छ । सरकारको नियम अनुसार खुद्रा व्यापारीले विक्रिमा २० देखि ३० प्रतिशत मुल्य मात्र बढि लिन पाउँछन् । कार्टुनमा ३० प्रतिशत जोड्न ४० रुपैयाँ थप गर्दा हुन्छ । ४० रुपैयाँ मुनाफा १२ बोतलबाट निकाल्न सकिने पानी उत्पादकले बताएका छन् । प्रति बोतल १४ देखि १५ रुपैयाँसम्म विक्रि गर्दा व्यवसायीसँगै उपभोक्ता पनि मारमा नपर्ने बताईको छ । होलसेल बिक्रेताले ३ देखि ४ प्रतिशत मुनाफा लिन पाउँने छन् ।

विर्तामोडका ठुला होटलमा ५० रुपैयाँसम्म पानीको मुल्य जोडिने गरेको छ । न्यूनतम २० देखि ५० रुपैयाँसम्म प्रशोधित पानी पिउन तिर्नु परेको गोल्धापका सुजन राईले जानकारी दिए । उनका अनुसार खानेपानीमा बार्गेनिङ गर्न मन लाग्दैन ।

पानी दिएर धर्म कमाउनु पर्छ भन्ने मान्यता विस्तारै हराउँदै गएको पाइन्छ । मेची पानी प्रशोधिकत उत्पादक संघका अध्यक्ष हरि प्रसाईले अस्वस्थ्य प्रतिष्पर्धाको व्यापार भएकाले मुल्यमा नियन्त्रण गर्न नसकेको बताउँछन् । उनले पानी उत्पादन संघले मुल्यमा एकरुपता र जायज मुल्य राख्न पटक–पटक आग्रह गरेको बताए । नागरिकले पानी खरिदमा दलाली गरेको सुनिएको छैन,उनले भने– आफै पनि उपभोक्ता सचेत हुनुपर्छ । उनले बजारमा एकाध बाहेक प्रशोधित पानी दुषित उत्पादन भइरेहको सुनाएका छन् । प्रदेश सरकारले झापाको पानीमा भएको समस्या सार्वजनिक भइसक्दा पनि नागरिकको तहमा सचेतना नआएको उनको भनाई छ । प्रसाईले थपे,धेरैजसो पानीमा कोलिफर्म छ,पिउँदा सचेत हुनुहोस् ।
केहि महिनाअघि प्रदेश सरकारले अनुगमनको क्रममा तिन वटा पानी कम्पनीमा कोलिफर्म भेट्टाएको थियो । विर्तामोडको लाइफ लाइन सहित ३ वटा पानी दुषित भएको प्रमाणित प्रदेश सरकारले गरिसकेको छ । प्रमाणित पछि उत्पादन सुधार गर्न पत्राचार गरेको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार  ३ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]