बैशाख १३, २०८१ बिहीबार

९ वर्षीय प्रशान्तलाई बचाइदिन अपील

विर्तामोड । झापा अर्जुनधारा–२ झेलेनीका सुनार परिवारले छोराको उपचारका लागि आर्थिक सहयोग गरिदिन अपील गरेका छन् । वोनम्यारो क्यान्सरको उपचार गराइरहेका ९ वर्षीय छोरा प्रशान्त सुनारको उपचारमा सहयोगको अपील गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएकाले सबैसँग सहयोगको याचना गरेको प्रशान्तका बुवा विष्णु सुनारले बताए । उनी वैदेशिक रोजगारीबाट भर्खरै फर्किएका हुन् ।

छोरा विरामी भएको खवरले विचमै काम छोडेर फर्किएको उनको भनाई छ । हालसम्म ऋणपान गरेर ७ लाख भन्दा बढि खर्च भइसकेको र थप उपचारका लागि २५ लाख चाहिने भएको छ । उनका बुवा विष्णुले भने, ‘अहिले औषधि खाइरहेको छ, अब त्यो पनि सकिन लाग्यो । एक महिनाभित्र २५ लाख बोकेर काठमाडौं जानुछ । त्यसैले सबैलाई सहयोग गरिदिन आग्रह गर्दछु ।’

कमजोर आर्थिक अवस्था भएका परिवारलाई छोराको उपचारका लागि सहयोग गर्न चहानेहरुका लागि एक्सल बैंकको खाता नं. ०२९०१०००१३४८०३०००००१ उपलब्ध गराइएको छ । खाता मोतीमाया खवास मैया र अमृत बहादुर सुनारको नाममा खोलिएको छ । साथै, बुवा विष्णु सुनारको मोवाइल नम्बर ९८२५९३४८५९ मा सम्पर्क गरेर समेत सहयोग उपलब्ध गराउन सकिने छ ।

प्रकाशित मिति : माघ ५, २०७७ सोमबार  १० : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]