बैशाख १४, २०८१ शुक्रबार

१५ वर्षीय बालक ९० सिसि लागुऔषधसहित काँकरभिट्टाबाट पक्राउ

विर्तामोड । लागुऔषध सहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाले १५ वर्षीय बालकलाई पक्राउ गरेको छ । दमक–५ बस्ने रमेश राजवंशीलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।
मेचीनगर–६ स्थित गैरीगाउँबाट चेकजाँचका क्रममा राजवंशीको साथबाट ९० सिसि लागुऔषध बरामत गरिएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

राजबंशीलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको ज्याकेटबाट लुपिजेसिक ३० सिसि, डाईजोपिन ३० सिसि र प्रोमोथाईजिन ३० सिसि गरि जम्मा ९० सिसि लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । राजवंशीलाई तत्कालै नियन्त्रणमा लिई इप्रका काँकडभिट्टामा राखिएको छ भने झापा जिल्ला अदालतबाट म्याद थप अनुमती लिई कानुनी प्रकृया अगाडि बढाईएको छ ।

प्रकाशित मिति : माघ ५, २०७७ सोमबार  ६ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]