बैशाख १५, २०८१ शनिबार

कोरोनाविरुद्धको १ लाख डोज खोप बिहीबार नेपाल ल्याइने

काठमाडौं – कोरोना भाइरसविरुद्ध खोप पर्सि बिहीबार नेपाल ल्याइने भएको छ।

शुक्रबार आपतकालीन अनुमति पाएको भारतको सेरम कम्पनीले बनाएको कोभिडसिल्ड खोप हो यो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ‍अनुसार एक लाख डोज खोप भारतले अनुदानस्वरूप दिन थालेको हो।

‘आएपछि हामीलाई हस्तान्तरण भएको एक हप्तामा हामीले लगाइसक्छौं,’ मन्त्रालय स्रोतले भन्यो। एक लाख डोज खोप नेपाल आएपछि नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी लगायतलाई यसको डोज दिइने सरकारले बताएको छ। 

नेपालमा कोरोनाको पहिलो केस गत माघ ९ गते देखिएको थियो। संयोगवश नेपालमा कोरोना संक्रमण देखिएको एक वर्ष पुग्न एक दिनअघि खोप भित्रिन लागेको हो। Thahakhabar

प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]