बैशाख ८, २०८१ शनिबार

स्वास्थ्य सेवा विभाग र पूर्वाञ्चल क्यान्सर अस्पतालबिच १ लाख छुट दिने सम्झौता

बिर्तामोड । क्यान्सर उपचारमा सरकारले दिने १ लाख छुट अब बिर्तामोडमा पनि पाइने भएको छ । बिर्तामोडमा सञ्चालित पूर्वाञ्चल क्यान्सर अस्पतालले सूचना जारी गर्दै एक लाख छुट दिन थालिएको जनाएको छ । विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत सो सेवा प्रदान गर्न थालिएको हो ।

गत वर्षबाट शुरु भएको क्यान्सर अस्पताल र स्वास्थ्य सेवा विभागबिच सम्झौता भई १ लाख रुपैयाँ छुट दिने कार्यक्रम कार्यान्वय चरणमा प्रवेश गरेको छ । गत पुस २१ गते विभाग र अस्पताल बिच सम्झौता भएको थियो । गरिव, विपन्नका लागि सरकारले सहयोग स्वरुप क्यान्सर उपचारार्थ एक लाख दिदैं आएको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालमा भने यहि हप्ताबाट लागु गरेको सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । उनका अनुसार अब क्यान्सर उपचारका लागि पाइने १ लाख छुट पूर्वाञ्चल क्यान्सर अस्पतालमा पनि पाइन्छ । एक लाख छुट प्राप्त गर्न स्थानीयतहको सिफारिस अनिवार्य गरिएको छ । गिरीका अनुसार स्थानीय तहले गरिव, विपन्न भएको सिफारिसका लागि नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाको प्रमुखले सिफारिस गर्नुपर्नेछ ।

पूर्वमै अत्याधुनिक प्रविधिसहित स्थापना गरिएको क्यान्सर अस्पतालका कारण विरामीहरु अन्य राष्ट्र जानुपर्ने बाध्यता लगभग कम भएको छ । उपचारका लागि पश्चिम नेपालबाट समेत विरामीहरु आउने गरेको डा.विरेन्द्र यादवले जानकारी दिए । उनले अस्पतालको सुविधा र उपचार थाहा पाएर पश्चिम नेपालको सल्यानदेखि विरामीहरु उपचारका लागि आएको बताए । डा.यादवले पूर्वी जिल्लासहित बाँके, बर्दियादेखि विरामीहरु आएको जानकारी दिए ।

सबैजसो प्रदेशबाट विरामीहरु आइरहेका छन्, डा.यादवले भने – ‘दैनिक ४०/५० जनाको रेडिएसन गरिदैंछ । ३०÷४० जनाको केमो थेरापी भइरहेको छ ।’ उपचारमा सहुलियत समेत भएकाले क्यान्सरका विरामी अन्यत्र जान छोडेर पूर्वाञ्चल मै आइरहेको डा. यादवको भनाई छ । उनले नाक,कान,घाँटी, फोक्सो, आन्द्रा,स्तन र पाठेघरको क्यान्सर सफल उपचार गरिएको जानकारी समेत दिएका छन् । डा.यादव सहितको १२ जना डाक्टरले क्यान्सरको उपचार गरिहरेका छन् ।

प्रकाशित मिति : माघ ७, २०७७ बुधबार  १२ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]