जेष्ठ १, २०८२ बुधबार

लागुऔषध नियन्त्रणमा योजनाको खाँचो

सम्पादकीय

झापा प्रहरीले हरेक दिन लागुऔषध कारोवार गर्ने व्यक्तिलाई पक्राउ गरेको विवरण सार्वजनिक गरिरहरेको छ । पक्राउ परेकाको विवरण र उनीहरुबाट बरामत गरिएको लागुऔषधको परिमाण हरेक दिन जसो सञ्चार माध्यममा पठाउने काम भइरहेको छ । पछिल्लो समय दैनिक पक्राउ पर्नेको संख्या पनि बढेको देखिन्छ । प्रहरीले चेकजाँच र विभिन्न स्रोतबाट प्राप्त सूचनाका आधारमा पक्राउ गर्ने काम उल्लेख्य छ । पक्राउ गर्ने सन्दर्भमा प्रहरीको सक्रियतालाई सकारात्मक रुपमा लिन सकिन्छ । प्रहरी समात्ने, कारोवारीहरु कारोवार गरिरहने श्रृङ्खला जारी छ । पक्राउ मात्र गर्ने हो वा यस प्रकारका गतिविधिलाई नियन्त्रण गर्ने ?

लागुऔषध कारोवारी र प्रयोगकर्तालाई पक्राउ गर्ने र कारागार चलान गर्ने कामले मात्र हुदैन । प्रहरीले उनीहरुलाई समात्ने सक्रियता भएर यसले समाजमा कुनै प्रभाव पार्दैन । अहिलेको आवश्यकता भनेको झापामा लागुऔषधको नियन्त्रण गर्नु हो । नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेर काम गर्न जरुरी छ । यसका लागि प्रहरीबाट मात्र संभव छैन । प्रहरीले समात्ने चै हो । तर, यसको नियमनमा सामाजिक संघ संस्थाको पनि भूमिका रहनुपर्छ । सामाजिक संघ संस्था र सरोकारवाला निकायविचको समन्वयमा यसको नियन्त्रण गर्न अपरिहार्य छ । जबसम्म नियन्त्रण हुदैन तबसम्म प्रहरीले समातिरहनु पर्छ ।

प्रहरीभित्र लागुऔषध नियन्त्रण व्यूरो छ । यसै क्षेत्रमा जनचेतना फैल्याउने निकाय पनि छन् । तर, आपसी समन्वयको अभाव छ । समन्वय गरेर समाजका सबै अंगलाई जोड्दै लागुऔषध नियन्त्रणमा प्रभावकारी कार्य योजना निर्माण गरेर लाग्नुपर्ने देखिन्छ । विशेष गरि जिल्ला भर रहेका युवा अभियान्ता, युवाको क्षेत्रमा काम गर्ने उदेश्यले स्थापना भएका संघ संस्था, शैक्षिक संस्थाको माध्यमबाट लागुऔषध विरुद्धको अभियान सञ्चालन गर्नुपर्छ । झापा जिल्ला काठमाडौंपछि दोस्रो ठुलो कारोवार हुने जिल्ला हो । पछिल्लो तथ्याङकले झापालाई हट स्पट बन्दैछ । यसैले अब अभिभावकहरुले पनि लागुऔषधको विषयलाई गम्भरु रुपमा लिएर यसको नियन्त्रणमा चासो देखाउन जरुरी छ ।

प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]