बैशाख १३, २०८१ बिहीबार

झापामा विप्लप समूहद्वारा सार्वजनिक बस तोडफोड

बिर्तामोड । झापाको शिवसताक्षीस्थित किराँत चोकमा सार्वजनिक बसमाथि तोडफोड भएको छ । पूर्वपश्चिम राजमार्गको अपरिचित युवाहरुले तोडफोड गरेको झापा प्रहरीले जनाएको छ ।

धरानबाट काँकरभिट्टा तर्फ आउँदै गरेको यात्रुवाहक बसमा युवाहरुले खुकुरी प्रहार गरेको र ढुङ्गा हानेर सिसा फुटाइदिएको प्रहरीले जानकारी दिएका छन् । १२ बजे बस रोकेर तोडफोड गर्दा अगाडिको भाग र झ्याकका सिसा फुटेका छन् ।

आज देशभर विप्लप समूहले नेपाल बन्दको आव्हान गरेको थियो । सो घटना समेत विप्लप समूहबाट हुन सक्ने सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । बा .४ ख ८८९७ नम्बरको गजुरमुखी यातायातमा तोडफोड भएपछि बस इप्रका झिलझिलेमा राखिएको छ । तोडफोडमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : माघ १०, २०७७ शनिबार  १ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]