जेष्ठ १, २०८२ बुधबार

बिर्तामोडका किसानमा उत्साह

सम्पादकीय

कृषि प्रधान देश नेपाल भन्दा नयाँ पुस्तालाई पत्याउन गाह्रो छ । कृषि वस्तुको आयात र किसानले भोग्नुपर्ने पीडाका कारण कृषि प्रधान भन्दा नयाँ पुस्ता अचम्मित हुन्छन् । वास्तवमा कृषि प्रधान देश भनिरहँदा किसानमैत्री योजनाको आवश्यक हुन्छ । सरकारका योजनामा किसान खुशी हुनुपर्छ । उत्पादन पर्याप्त हुनुपर्छ । कृषि आयात लगभग हुनुहुदैन । किसानको आवश्यकता पुरा हुनुपर्छ । नेपाली किसानलाई हरेक वर्ष मलखाद्यको आवश्यक पर्छ । मलखाद्यको समस्याले किसान सधैं मर्कामा पर्ने गरेका छन् । किसानलाई उत्साहित भएर काम गर्ने वातावरण हुनुपर्छ ।

कृषि क्षेत्रमा ठुलो लगानीको जरुरी हुदैन । सानोसानो लगानबिाट पनि कृषिलाई अघि बढाउन सकिन्छ । सामान्य लगानीबाट पनि कृषिमा व्यवसायिकरण गर्न सकिन्छ । ठुला उधोग सरह यहाँ लगानीको जरुरी हुदैन । यस्तै स–लगानी वा अनुदानबाट झापा विर्तामोडका किसानमा देखिएको खुशी हेरिरहँु लाग्दो छ । बिर्तामोड नगरपालिकाले विशेष गरि पशु पालक किसानका लागि गरिरहेको योगदान सह्रानीय छ । बाख्रा र सुगुर पालन गर्ने बिर्तामोडका किसान स्थानीय सरकारको सहयोगबाट प्रभावित छन् । कुनै वेला घर खर्चमा लागि कठिन मजदुरी गर्नेहरु अहिले आफै राम्रो आम्दानी गर्न थालेका छन् ।

विर्तामोड नगरपालिकाले त्यति ठुलो सहयोग पनि गरेको होइन । अनुदानमा बाख्रा र सुगुरका पाठा किसानलाई दिएको हा । त्यो पनि फिर्ता गर्ने सर्तमा । अहिले पाठा फिर्ता गरेर पनि वार्षिक रुपमा पशु पालक किसान लाखौं आम्दानी गरिहरेका छन् । उनीहरुलाई नगरको तर्फबाट सानो सहयोग भएको थियो । सानो सहयोगमा पनि किसानले ठुलै उन्नति प्राप्त गरेका छन् । ठुलै खुशी पाइरहेका छन् । कृषि र पशु पालनको क्षेत्रमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले प्रभावकारी कार्यक्रम सञ्चालन गर्न जरुरी छ । किसानलाई लगानी भन्दा प्रोत्साहनको खाँचो छ । उनीहरुलाई अनुदान भन्दा सहुलियत कर्जाको जरुरी छ । यसैले हरेक पालिकाले किसानको लागि प्रभावकारी काम गर्नैपर्छ । यदि किसानका सामान्य माग पुरा गर्ने हो भने उनीहरुमा काम गर्ने उत्साह थप बढेर जानेछ ।

प्रकाशित मिति : माघ १०, २०७७ शनिबार  ५ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]