बैशाख १४, २०८१ शुक्रबार

रहेनन् झापाका लोकतान्त्रिक योद्धा नेपाल

मेचीनगर । दोस्रो जनआन्दोलन २०६२/०६३ का बेला चन्द्रगढीमा भएको सबैभन्दा ठूलो जनप्रदर्शनमा साहसिक भूमिका निर्वाह गर्नुभएका लोकतान्त्रिक योद्धा भीम नेपाल अब रहनुभएन । प्यारालाइसिससँग लामो समयदेखि संघर्ष गरिरहनु भएका उनको ६२ वर्षको उमेरमा मेचीनगर–१० धुलावारीस्थित निजी निवासमा शनिवार राति निधन भयो ।

उनले नेपालको लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदान सदैव सम्झिरहन लायक छ । सात वर्ष अघि कृषि विकास बैंक धुलावारीको अधिकृत पदमा कार्यरत रहँदा उनलाई अचानक प्यारालाइसिस भएको थियो ।

तत्कालीन नेकपा एमालेको क्षेत्रीय कमिटीमा आवद्ध उनी कर्मचारी संगठनको विभिन्न नेतृत्वदायी पदमा कार्यरत रहिसकेका थिए । उनको पत्नी लेखा नेपाल, एक छोरा फिरोन नेपाल र एक छोरी बिनिता नेपाल छन् । विभिन्न अस्पतालमा उपचार पछि उनी घरमै थिए । शनिवार राति निवासमै उनको निधन भएको पारिवारिक स्रोतबाट थाहा भएको छ । #loktantra

प्रकाशित मिति : माघ ११, २०७७ आईतबार  १० : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]