बैशाख १५, २०८१ शनिबार

झापामा बुधबारदेखि कोरोनाविरुद्धको खोप लगाइने

विर्तामोड । झापामा पहिलो चरणमा नौ हजार व्यक्तिलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाइने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यसका लागि आवश्यक तयारी पुरा भएको फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । बुधबार (भोली) देखि झापामा खोप लगाइने छ ।

जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव वाहनका चालक, महिला स्वाथ्य स्वयम्सेविका र सरसफाईमा कार्यरत कर्मचारीहरुलाई खोप लगाइने चौलागाईले जानकारी दिएका छन् । उनका अनुसार जिल्लाको तीन स्थानमा खोप कार्यक्रम सञ्चालन गरिनेछ । मेची अस्पताल भद्रपुर, अनारमनी स्वास्थ्य केन्द्र बिर्ताबजार र दमक अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुनेछ । त्यसका लागि खोप लगाउने स्वास्थ्यकर्मीलाई मंगलवार विहान तालिम दिइने फोकल पर्सन चौलागाईले इजलाससित बताए ।

दिउँसो प्रमुख जिल्ला अधिकारीसँग खोप कार्यक्रमबारे बैठक गरेपछि सम्पूर्ण तयारी पुरा हुने उनको भनाई छ । खोप सोमवार राती जिल्लामा आइपुगेको छ । सरकारले पठाएको खोप २–८ डिग्री सेन्टिग्रेटमा स्वास्थ्य कार्यालय र खोप केन्द्रमा राखिने छ । झापालाई केन्द्र सरकारले सिधैं पठाएको छ भने प्रदेश १ र २ का अन्य जिल्लालाई विराटनगरस्थित प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा पठाएको छ ।

संघीय सरकारले प्रदेश १ का १४ जिल्ला तथा प्रदेश २ का सिरहा र सप्तरीका लागि पठाएको नौ हजार ६०० भायल खोप प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा आएको हो ।
प्रदेश १ का १४ जिल्ला तथा प्रदेश २ का सिराहा र सप्तरीसम्म कोल्ड बक्समा आइसप्याक कन्डिसिन सुरक्षा अपनाएर निजी तथा कार्यालयका गाडीमा खोप पुर्याइने तयारी छ ।

प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]