चैत्र १५, २०८० बिहीबार

आदर्शमा विधार्थीको आकर्षण

होटल उधोग र पर्यटन क्षेत्रलाई दक्ष जनशक्ति तयार गर्ने लक्ष्य

बिर्तामोड । होटल उधोग र पर्यटन क्षेत्रको विकासमा सक्षम जनशक्ति उत्पादन गर्ने उदेश्यले झापामा आदर्श स्कुल अफ म्योनेजमेन्टले पठनपाठन गरिरहेको छ । चार वर्षअघि झापाको बिर्तामोडमा स्थापना भएको आदर्श होटल म्योजमेन्ट कलेज अध्ययनका लागि सबैको आकर्षणमा परेको छ । कक्षा ११ र १२ मा प्रयोगात्मक रुपमा होटल म्यानेजमेन्ट पढाउने झापाकै पहिलो आदर्श पूर्वका विधार्थीको पहिलो रोजाइमा छ ।

अभिभावक र विधार्थीको पहिलो प्राथमिकतामा रहेको आदर्शले होटल म्यानेजमेन्ट र पर्यटनलाई लक्षित गरेर कक्षा सञ्चालन गर्दै आएको छ । एक वर्षे डिप्लोमा तहमा पनि आदर्शले पठनपाठन गर्दै आएको संस्थापक सञ्चालक संजोग खरेलले जानकारी दिए ।
होटल म्यानेजमेन्टमा स्नातकोत्तर गरेका खरेल र उनको समूहले सक्षम र दक्ष जनशक्ति उत्पादन गर्न आदर्शको स्थापना गरेको बताउँछन् । सौरभ प्रसाई, रविन पाठक र यज्ञराज कडरियाले कलेज सञ्चालन गर्दै आएका छन् । सिटिइभिटीबाट मान्यता प्राप्त आदर्श पठनपाठनसँगै प्रयोगात्मक अभ्यासका लागि जिल्लाका विभिन्न जातजाति र समुदायको मौलिक खाना बारे प्रवद्र्धन समेत गर्दै आएको छ । आदर्शमा अध्ययनरत विधार्थी पढ्ने मात्र होइन उनीहरु पर्यटकीय गन्तब्यको खोजी र त्यसको प्रचारमा रचनात्मक हिसावले लागि परेको पाइन्छ । भिडियो डकुमेन्ट्री बनाएर खाना र पर्यटकीय गन्तब्यको प्रचार समेत गर्दै आइरहेका छन् ।
कलेजका संस्थापक सञ्चालक संजोग खरेलले मुलुकमा होटल उधोग र पर्यटक क्षेत्रको विकास भइरहेकोले दक्ष जनशक्ति आवश्यक बढ्दै गइरहेको बताएका छन् । उनले नेपाली होटल र पर्यटन क्षेत्रको विकासमा जनशक्ति तयार गर्न आदर्श स्थापना भएको उनको दावी छ ।

आदर्शबाट अहिलेसम्म होटल र पर्यटनको क्षेत्रमा काम गर्न दुई सय विधार्थी प्रत्यक्ष अप्रत्यक्ष रुपमा उत्पादन भइसकेको छन् । दुई सय विधार्थीले रोजगार समेत प्राप्त गरिसकेको बताइएको छ । झापाकै बिर्तामोडमा सञ्चालन भइरहेको तिनतारे होटल सिद्धार्थ र मेचीनगरको पाँचतारे होटल मेची क्राउनमा आदर्शका धेरै विधार्थी कार्यरत रहेको आदर्श कलेजका अर्का सञ्चालक यज्ञराज कडरियाले जानकारी दिए । उनले होटल म्यानेजमेन्ट अध्ययन गर्ने कुनै पनि विधार्थी बेराजगार नबन्ने बताएका छन् । ठुला लगानीमा तारे होटलहरु खुल्ने क्रम जारी छ । त्यहाँ आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्नुको विकल्प छैन, कडरियाले भने । आदर्शमा अध्ययन गरेर विधार्थीहरु वैदेशिक रोजगारीमा समेत गएको कडरियाको भनाई छ । दक्षताका साथ नेपाल बाहिर आदर्शका विधार्थीले पर्फमेन्स देखाइरहेको उनको भनाई छ ।

सो कलेजको आफ्नै रेष्टुरेन्ट छ । रेष्टुरेन्टमा विधार्थीलाई पाहुनाको सत्कारसहित खाना दिन सिकाइन्छ । विधार्थीलाई सभ्यता सिकाइन्छ । मिठो खाना सम्मानका साथ कसरी पाहुनालाई दिने भन्ने बारेमा प्रयोगात्मक सिकाइने गरेको छ । सँगै आफ्नै भान्सा छ । जहाँ पढाउदैं खानाका विभिन्न परिकार बनाउन सिकाइने गरेको छ । सञ्चालक खरेलका अनुसार विधार्थीलाई नेपाली, इण्डियन, चाइनिज, कन्टिनेन्टल, ओरियन्टल लगायतका परिकार बनाउन दक्ष बनाइन्छ । सेफ भुवन दंगालले परिकार हेर्ने गरेका छन् । विधार्थीले बनाउने विभिन्न परिकारका पनि वेग्लावेग्लै डिक्स बनाउन सक्छन् ।

छात्र र छात्रा दुवैको आकर्षणमा रहेको होटल म्यानेजमेन्ट पछिल्लो समय रुचाइएको विषय हो । केहि वर्षअघिसम्म एसईई सकेर शिक्षा, मानविकि,व्यवस्थापक लगायतका विषय रोज्न तछाडमछाड हुन्थ्यो । अहिले ति विषय जस्तै गरि विधार्थीहरु होटल म्यानेजमेन्ट राजिरहेको सञ्चालक कडरियाको भनाई छ । जीवन नै व्यवस्थित बनाउने पेशा होटल म्यानेजमेन्ट हुने भएकाले पनि रोजाइमा परेको उनको तर्क छ । रोजगारको ग्यारेन्टी भएकाले हरेक विधार्थी अध्ययनपछि सेटल भइहाल्ने अवस्था बन्दै छ ।

मानव जाति रहुञ्जेल होटल र पर्यटन क्षेत्र जिवित रहन्छ । यसैले उज्यालो भविष्यका लागि विधार्थीले अध्ययनसँगै रोजगारी पाउन होटल म्यानेजमेन्ट अध्ययनमा रुचि देखाएको बताइन्छ । पर्यटन क्षेत्रको उत्थान र दिगो विकासका लागि आदर्श निरन्तर क्रियाशिल हुने योजनाका साथ अघि बढ्दै गएको छ ।

प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]