बैशाख ७, २०८१ शुक्रबार

प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप लगाउन शुरु

विराटनगर । प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । आजप्रदेश १ माखोपअभियानको शुरुवातगर्दै आन्तरिक मामिलातथाकानुनएवं सामाजिकविकास मन्त्रीहिक्मतकुमार कार्कीले कोभिड विरुद्ध विजयीप्राप्तगर्ने काम शुरु भएको बताउनुभयो । उहाँले लक्षितवर्गपछि अन्यव्यक्तिहरुलाई पनिखोप लगाउन शुरु गरिने बताउनुभयो । सरकारले सवैव्यक्तिलाई कोभिड १९ विरुद्धको खोप लगाउने मन्त्रीकार्कीले बताउनुभयो । जनताको स्वास्थ्य समाधानकालागितीनै तहको सरकार सक्षम रहेको उहाँले बताउनुभयो ।

कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास र बरिष्ठ फिजिसियन डा. दीपकसिग्देललाई खोप लगाएर प्रदेश १ माकार्यक्रमको शुरुवातगरिएको छ । आज ८ जिल्लाका १९ वटा खोप केन्द्रमाखोप लगाईने प्रदेश स्वास्थ्यनिर्देशनालयकानिमित्तनिर्देशक ज्ञानबहादुर वस्नेतले बताउनुभयो । उहाँकाअनुसार पहिलो दिनझापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, उदयपुर, इलाम र ते¥हथुमका २८ हजार ५०६ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । निर्देशक बस्नेतले मोरङमा ५, सुनसरीमा ४, झापा र इलाममा ३–३ र अन्यजिल्लामा१–१ वटा केन्द्र निर्धारण गरिएको जानकारी दिनुभयो । खोपलगाउनकालागि स्वास्थ्यकर्मीलाई तालिमदिईसकिएकाले ८ जिल्लाका १९ वटै केन्द्रमाआजकार्यक्रम शुरु भएको उहाँले बताउनुभषे । विहिबार ४ र शुक्रबार २ जिल्लामाखोपकार्यक्रम शुरु हुने बस्नेतले बताउनुभयो ।

कोभिड विरुद्धको खोप लगाईसकेपछि कोशी अस्पतालका बरिष्ठ फिजिसिजन डा. दीपकसिग्देलले भ्याक्सीन सुरक्षित रहेकाले डराउनु नपर्ने बताउनुभयो । उहाँले कोभिसिल्ड ७० प्रतिशतप्रभावकारी रहेको बताउनुभयो । पहिलो खोपलगाएको २८ दिनपछि दोश्रो खोप लगाए ५ महिना सम्म सुरक्षितरहन सकिने उहाँले बताउनुभयो । प्रदेश १ मापहिलो चरणमा सरकारी तथानिजि अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, सरफाईकर्मी सहित ३५ हजार ५७६ लाई खोप लगाईदैछ ।

प्रकाशित मिति : माघ १४, २०७७ बुधबार  १२ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]