बैशाख २०, २०८२ शनिबार

अटो–रिक्सालाई जथाभावी रुटपरमिट

बिर्तामोड । व्यवसायिक रुपमा राम्रोसँग सञ्चालनमा आएको अटो–रिक्साको संख्या बढ्दै गएसँगै झापामा ट्राफिक व्यवस्थापनमा चुनौति थपिदै गएको छ ।
साँघुरो सडक र बजार क्षेत्रसँगै राजमार्गमा अव्यवस्थित रुपमा अत्याधिक अटो रिक्सा सञ्चालन हुँदा दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । पछिल्लो समय झापामा सडकको क्षमता भन्दा बढि अटो–रिक्सा भित्रिए पछि मुख्य बजार र राजमार्गमा ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको हो । दिन प्रतिदिन नयाँ नयाँ अटो थपिने र यसको व्यवस्थापनमा सम्बन्धित निकायले चासो नदिदाँ बजार क्षेत्र अस्त–व्यस्त बनेको छ भने तिनै जथाभावि चलेका अटोका कारण दुर्घटना पनि बढ्दै गएको छ ।

यातायात कार्यालयले सञ्चालन अनुमति दिदाँ झापा जिल्ला भर भनेर दिने र भित्रि सडकमा कुदाउँन किनिएका अटो पनि बजार क्षेत्र केन्द्रित हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको ट्राफिक प्रहरीको भनाई छ । अटो चलाउने बढि चालक अशिक्षित भएकाले ट्राफिक नियम समेतमा जानकार नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राई बताउँछन् ।

दुर्घटना घटाउन ट्राफिक प्रहरीले जनचेतनाका कार्यक्रम बारम्बार गरे पनि उनिहरुको चेतना नबढेको ट्राफिक प्रहरीको भनाई छ । अटो कुदाउँने अधिकांस चालकले चालक अनुमति पत्र (लाईसेन्स) बिनानै अटो कुदाईरहेका छन् । लाईसेन्सका लागि लिईने परिक्षामा अशिक्षित भएकै कारण अटो चालकले पास नै गर्न नसक्दा व्यवस्थापनमा अझै चुनौति थपिएको छ । यसको व्यवस्थापनमा समयमै स्थानीय तह र प्रदेश सरकारले चासो नदिए झापामा ट्राफिकले मात्र केहि गर्न नसक्ने ट्राफिक प्रहरीको भनाई छ ।

झापामा पछिल्लो तथ्याङ्कलाई हेर्दा अटो रिक्सा दर्ताको संख्या छ हजार नाघि सकेको छ । आयत भएर आएको अटो रिक्सालाई यातायात कार्यालयले निरन्तर दर्ता गर्ने र तिनै रिक्सा बजार केन्द्रित हुदाँ समस्या थपिएको हो । यता, यातायात व्यवस्था कार्यालय मेचीका निमित्त कार्यालय प्रमुख मनोज यादवले आयात भएको अटो कार्यालयले दर्ता गर्नै पर्ने कानुनी व्यवस्था भएकाले आफुले रोक्न नसक्ने बताए ।

उनले यसको नियन्त्रणको मुख्य भुमिका अब स्थानीय तहले नै निर्वाह गर्नुपर्ने बताए । अटो रिक्साले सडकमा चाप बढाए पनि बेरोजगार युवालाई केहि हदसम्म रोजगार दिइरहेको छ । ग्रामीण क्षेत्रसम्मका नागरिकलाई सेवा पनि दिइरहेको छ । कुन क्षेत्रमा कति अटो चलाउने स्थानीय तहले समयमा नै निर्णय गरि यातायात कार्यालयलाई सोहि अनुसार दर्ता गर्न निर्देशन दिए यसको व्यवस्थापनमा सहजता आउने अधिकांसको भनाई छ ।

झापाको बिर्तामोड,दमक,सुरुङा सहित ठुला बजारमा ग्रामीण क्षेत्रका अटो–रिक्सा आउने गर्छन् । रुटपरमिट जिल्लाभर भएकाले जहाँपनि पुग्न सकिने चालकहरुको भनाई छ । गाउँमा यात्रु कम पाइने भएकाले शहर केन्द्रीत हुनुपरेको चालकको भनाई छ । यसले गर्दा बजार क्षेत्रमा अटो–रिक्सा केन्द्रीत भएको प्रहरीको बताउँछ ।

प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार  ३ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]