जेष्ठ १, २०८२ बुधबार

आत्महत्याको डरलाग्दो चित्र

सम्पादकीय

मानव जातिको मृत्यु फरक–फरक किसिमले भइरहेको छ । कालगति, भवितव्य र अकल्पनीय हिसावले मृत्युको श्रृङखला चलिरहेको छ । मृत्यु स्वीकार गर्न सकिने पनि हुन्छ । सरदर आयु पुरा भइसकेके पछिको मृत्युलाई स्वीकार गरेकै अवस्था छ । तर, अन्य प्रकृतिको मृत्युलाई स्वीकार गर्न हरेक परिवारलाई कठिन छ । त्यसमा पनि आत्महत्या स्वीकार गर्नै नसकिने मृत्यु हो । जीवनशैलीलाई रचनात्मक बढाउदै अघि बढिरहेको अवस्थामा पनि कतिपय व्यक्तिले सहजै मृत्युलाई स्वागत गरिरहेका हुन्छन् । जसको पीडाले परिवार विक्षिप्त बन्दै गइरहेको छ ।

प्रदेश १ मा आत्महत्याको दर हेर्दा मान्छेलाई मृत्युसँग डर नै नभएको देखिन्छ । सामान्य समस्यालाई समेत सुल्झाउन नसक्दा कतिपयले आत्महत्यालाई अंगालिरहेको पाइन्छ । प्रदेश १ मा मात्रै वितेको छ महिनामा ६७३ जनाले आत्महत्या गरेको तथ्याङक छ । तथ्याङ अनुसार प्रदेशमा मोरङपछि झापाको आत्महत्या दर धेरै छ । तथ्यांकअनुसार झापामा १०७, सुनसरीमा ९१, इलाममा ४४, उदयपुरमा ५२, ओखलढुंगामा ३३, खोटाङमा ३९, धनकुटामा २७, पाँचथरमा २७, सोलुखुम्बुमा ३५, भोजपुरमा ४, तेह्रथुम, ३१, संखुवासभामा २९ र ताप्लेजुङमा ३६ जनाले आत्महत्या गरेका छन् ।

कतिपयलाई आफ्नै जीवनले निराश बनाएको छ । निराश भएका कारण नै आत्महत्या रोजिएको घटनाहरु छन् । कोरोना र लकडाउनका कारण उत्पन्न समस्याले पनि मानिसलाई अप्ठ्यारोमा पारेको छ । विभिन्न किसिमका समसयाले मानसिक समसया बढाएको छ । जसको परिणाम मृत्युमा परिणत भइरहेको छ । चिकित्सकको भनाईलाई आधार मान्ने हो भने आत्महत्या गर्ने अवस्थामा पुग्नुका पछाडि धेरै कारण भएपनि ९० प्रतिशत मानसिक रोग नै हो । यसैले मानव जीवनलाई सरल बनाऔं । जीवनशैलीलाई मनोरञ्जनात्मक र खुशी बनाऔं । तनाव भगाउने उपायहरु अपनाऔं । काम र मनोरञ्जनलाई सँगै अघि बढाऊ । बढ्दै गएको आत्महत्यालाई घटाउन आआफ्नो क्षेत्रबाट प्रयत्न गरौं । तनावबाट मुक्त हुने प्रयास गरौं ।

प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]