बैशाख ११, २०८१ मंगलबार

१९.२ प्रतिशत वित्तिय प्रगति हासिल

काँकरभिट्टाका । मेचीनगर नगरपालिकाको सातौं नगर सभा सम्पन्न भएको छ । १ नम्बर प्रदेश सभा सदस्यहरु श्रीप्रसाद मैनाली तथा राधा थापाको उपस्थितिमा सातौ नगरसभा उद्घाटन भएकै दिन सम्पन्न भएको हो । मेचीनगर नगरपालिकाको २०७४ असार १४ गते सम्पन्न निर्वाचनबाट जनप्रतिनिधी आएपछि को यो सभा सातौ नगरसभा हो ।

स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद ४ दफा १९ को उपदफा (१) वमोजिम नगरसभा आह्वान गरिएको थियो । नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा नगरपालिकाको सभाहलमा नगरसभाको उद्घाटन समारोहमा प्रमुख आचार्यले नगर सभाले आर्थिक वर्ष २०७७।०७८ को छैठौ नगर सभामा पेश भई स्वीकृत भएको नीति, योजना तथा कार्यक्रमको समिक्षा गर्दै आर्थिक वर्ष २०७७।०७८ का लागि छैठौ नगर सभाले स्वीकृत गरेको बजेटको शिर्षक तथा विनियोजित रकममा भएका केही संशोधन र थप योजना तथा कार्यक्रम र केही ऐन, नियम समेत पेश गर्ने गरी विषयसूची राखिएको जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०७६/०७७ को तेश्रो चौमासिकबाट विश्वभरी फैलिएको कोभिड १९ को महामारीका कारण योजना तथा कार्यक्रमको लक्षित प्रगति अनुसार अपेक्षित काम गर्न नसकिएको नगर प्रमुख आचार्यले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । कोभिड १९ को संक्रमण नियन्त्रणका लागि बाध्यात्मकरुपमा जोखिम न्यूनिकरणका लागि अवलम्वन गर्नु पर्ने सुरक्षा विधिका कारण श्रृजना भएको विषम परिस्थितीको अवधि १ वर्ष पुरा हुन लागेको भन्दैं उहाँले यस अवधिमा कोभिड १९ वाट विश्वभर १० करोडभन्दा वढी संक्रमित भैसकेका र संक्रमणका कारण विश्वभरीमा २१ लाखभन्दा वढी मानिसहरुले ज्यान गुमाई सकेको समेत जानकारी गराउनुभयो ।

कोभिड १९ को जोखिमको अवस्थाबाट मेचीनगर नगरपालिका पनि अलग हुन नसकेको र कोभिड १९ को संकमणका कारण मेचीनगर नगरपालिका भित्र १२ जनाको मृत्यु भएको, कोभिड १९ संक्रमणबाट आफू लगायत नगरपालिकाका जनप्रतिनिधी, कर्मचारीसमेत संक्रमित भएको समेत नगरप्रमुख आचार्यले प्रतिवेदनमा समेट्नु भएको छ ।

मेचीनगर नेपाल प्रवेशको पूर्व तर्फको प्रमुख नाका भएको र छिमेकी देश भारतमा तीव्ररुपमा विस्तार भएको कोभिड १९ संक्रमणका कारण सीमानाकामा रहेको यस नगरपालिका स्वभाविक रुपमा जोखिम भएको नगर भित्र पर्ने नै भएको भन्दैें कोभिड १९ संक्रमणको प्रारम्भबाट नै नगरपालिकाल सीमानाकालाई व्यवस्थित गर्न यथाशक्य प्रयास भएको प्रष्ट पार्नुभयो ।
राजनैतिक पार्टीका प्रमुख, स्थानीय सञ्चारकर्मी, उद्योग वाणिज्य संघ, अभियानकर्ता, नगरपालिकाका विषयगत समितिका प्रमुख र कार्यालयका कर्मचारीहरु समेतको सहभागितामा कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि समिति निर्माण,कोभिड–१९ संक्रमण नियन्त्रणका लागि भएको लकडाउनका कारण रोजगारी गुमाएका परिवार र व्यक्तिहरुलाई टोल विकास संस्था मार्फत वडा समितिबाट राहत वितरण, भारत लगायत तेश्रो मुलुकबाट मेचीनगर नगरपालिका प्रवेश गर्नेहरुका लागि हरेक वडामा क्वारेन्टाइन सञ्चालन ,क्वारेन्टाइनमा वस्ने सवैको कोभिड १९ संक्रमण पहिचान गर्न निःशुल्क पिसिआर परीक्षण, होल्डिङ्ग सेन्टरबाट क्वारेन्टाइन स्थलसम्म, कोभिड १९ पहिचान भएकाहरुलाई अस्पतालसम्म र उपचार पछि अस्पतालबाट घरसम्म ल्याउन लैजान निशुल्क एम्वुलेन्स सेवा, वडा कार्यालय मार्फत कोभिड १९ संक्रमण नियन्त्रणका सचेतना कार्यक्रम, कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि स्व स्फुर्तरुपमा परिचालन भएको अभियानहरुसँग सहकार्य, कोभिड १९ संक्रमितहरुको आपतकालिन व्यवस्थाका लागि अक्सिजन सहितको आइसोलेशन सेन्टरको व्यवस्थापन ,वडागतरुपमा स्वास्थकर्मीको परिचालन र कोभिड अस्पतालको स्थापना, जनशक्ति पदपूर्ति तथा औषधी खरिदलाई नगरपालिकाले कोभिड १९ संक्रमण नियन्त्रण र रोकथामका लागि भएका केही मुख्य कार्यहरुका रुपमा राखेको छ ।

नगरपालिकाको छैठौं नगर सभाले नीतिगत निर्णयहरु गरी हामीलाई महत्वपूर्ण जिम्मेवारीहरु सुम्पेकोमा कोभिड १९ संक्रमण नियन्त्रण र रोकथाम गर्न पहिलो जिम्मेवारी पुरा गर्दै यस वीचमा हामीले उल्लेख्य प्रगति हासिल गर्ने लक्ष्य तर्फ अघि वढिरहेको उहाँको प्रतिवेदनमा उल्लेख छ ।
चालु आर्थिक वर्ष २०७७÷०७८ का लागि छैटौ नगरसभाले १ अरव ३५ करोड ५८ लाखको आयव्यय सहितको बजेट, नीति तथा कार्यक्रम स्वीकृत भएकोमा २०७७ पुष मसान्तसम्म १९ दशमलव २ प्रतिशत वित्तिय प्रगति हासिल भएको र योजना सम्झौताको प्रगति ५१ प्रतिशत रहेको नगरसभामा उहाँले जानकारी दिनुभयो ।

आफ्नै वडा कार्यालय भवन नभएका वडाहरुको कार्यालय भवन निर्माणका ला िठेक्का प्रकृया अघि वढाइएको , सुशासन तथा पारदर्शिताका लागि जनप्रतिनिधीको नेतृत्वमा सार्वजनिक खरिद सिफारिश तथा भण्डार अनुगमन समिति गठन गरी कार्य प्रारम्भ गरिएको , कार्यालयको दैनिक खर्च कटौतिका लागि कार्य प्रारम्भ गरिएको ,नगर कार्यपालिकाको कार्य सम्पादनलाई व्यवस्थित वनाउन स्थानीय सरकार सञ्चालन ऐनले दिएको काम, कर्तव्य र अधिकार कार्यान्वयनका लागि ऐन, नियम, कार्यविधि तथा मापदण्ड वनाउने र वनेका कानूनहरुलाई सापेक्षताको आधारमा संसोधन गरिएको, कृषि, पशु, स्वास्थ्यको क्षेत्रको कार्यलाई व्यवस्थित वनाउन करारमा जनशक्ति पदपूर्ति गरिएको, नगर गौरवका योजना तथा अन्य महत्वूपूर्ण योजनाहरुको कार्यान्वयन प्रकृयालाई भरपर्दो र व्यवस्थित वनाउन वहुवर्षिय योजना वनाई कार्यान्वयनको थालनी गरिएको, प्यारीभिट्टा वसपार्क संचालनका लागि राष्ट्रिय लोकमार्ग देखि वसपार्कसम्मको पहुँचमार्ग निर्माणका सडक ठेक्का लगाई सकिएको , कृषि तथा पशु विकासका कार्यक्रमलाई व्यवस्थित वनाउन मापदण्ड तयार गरी स्वीकृत गरिएको, कोभिड १९ संक्रमण नियन्त्रण र रोकथामका लागि कोभिड अस्पताल संचालनको तयारी पुरा गरिएको , फाहोरमैला व्यवस्थापनका लागि निर्माण गर्न लागिएको ल्याण्ड फिल्ड साइडको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाहरुलाई अवलोकन भ्रमण गराइएको, स्थानीय तहको अधिकारको क्षेत्र भित्र रहेको आधारभूत तहको शिक्षा क्षेत्रलाई व्यवस्थित वनाउन नगर शिक्षा नियमावली तयार भएको ,नगर शिक्षा शाखालाई व्यवस्थित वनाइएको, नगर खेलकुद विकास समितिको सिफारिसमा खेलकुद क्षेत्रको वजेट विनियोजन गरिएको, श्रमिक पञ्जीकरण समिति गठन गरी समितिको निर्णय अनुसार श्रमिक पञ्जीकरणको कार्य प्रारम्भ गरिएको, नेपाल सरकारको निर्णय अनुसार १५ शैयाको अस्पताल निर्माणको कार्य प्रारम्भ गरिएको छ , नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्य चौकीको स्थापना गर्ने र आवश्यक जनशक्ति पदपूर्ति गर्ने कार्य प्रारम्भ गरिएको, धुलावारी क्याम्पसको भवनमा प्राविधिक शिक्षालय स्थापना गरी सञ्चालन गरिएको, नगर क्षेत्रभित्र स्थापना भई कार्य गर्ने गैर सरकारी संस्था दर्ता र नविकरणको कार्यनगर कार्यपालिकाको कार्यालयबाट शुरु गरिएको र सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणालीलाई व्यवस्थित गर्न घटना दर्ताको विवरणलाई ‘डिजिटालाईजेशन’को कार्य प्रारम्भ गरिएको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ का लागि छैटौ नगरसभाले विषयगत क्षेत्रमा स्वीकृत गरेका नीतिगत निर्णयहरुमा भएका प्रगतिहरुका केही अंश हुन यी ।
नगरसभाको वैठकमा चालु आर्थिक वर्षमा कार्यान्वयनमा ल्याउने गरी केही नीतिगत विषयहरु निर्णयका लागि नगर प्रमुख आचार्यले पेश गर्नुभयो । प्रत्येक वडामा कम्तीमा २ कि.मी. कालोपत्रे सडक निर्माण गर्न वहुवर्षिय योजना स्वीकृत गरी कार्य प्रारम्भ गरिनेछ, नगर शहरी विकास योजना निर्माण गरी सोही वमोजिम आगामी आ.व. देखि नगरको विकासलाई व्यवस्थित गरिने नीति लिईनेछ, नगर भित्र रहेका पर्यटकिय स्थलहरु विकासका लागि डिपिआर तथा डकमेन्ट्री निर्माण गर्ने र नगरपालिकाका पर्यटकिय स्थललाई पर्यटक हवको रुपमा विकास गरिनेछ, नगरपालिका स्वामित्वमा रहेका जग्गाहरुमा उपयूक्तताका आधारमा नगर गौरवका आयोजनाहरु सञ्चालन गर्न डिपिआर तयार गरिनेछ , प्रत्येक वडामा न्यूनतम एक स्थानमा खुल्ला फिटनेस सेन्टर र जेष्ठ नागरिक चौतारी सहितको चिल्ड्रेन पार्क निर्माणको थालनी गरिने विषयगत निर्णहरु नगरप्रमुख आचार्यले चालु आर्थिक वर्षमा कार्यान्वयनमा ल्याउने गरी पेश गर्नुभएको हो ।

मोतिया विन्दु, जलविन्दु, टेरिजिया लगायतका समस्याबाट कोही नगरवासीले आँखाको ज्योति गुमाउन नपरोस भन्ने उजनतासँग नगर प्रमुख÷उपप्रमुख स्वास्थ्य कार्यक्रम यसै आर्थिकवर्षदेखि सञ्चालनमा ल्याइने,मेचीनगर- ६ काँकरभिट्टामा नगरपालिकाको हकभोगमा रहेका काँकरभिट्टा वसपार्क, देवकोटा पार्क, विपी पुष्पलाल वाटिका लगायतका क्षेत्र समेटी सुन्दर काँकरभिट्टाको विकास गर्न विस्तृत परियोजना प्रस्ताव तयार गरिन, नमूना योजनाको मापदण्ड तयार गरी नगरपालिका क्षेत्र भित्र रहेका वजार, सडक र वस्तीहरु मध्येबाट प्रत्येकमा एक एक वटा योजना छनौट गरी नमूना वजार, नमूना सडक र नमूना वस्तीको विकास गरिदै लगिनेछ ।

यसका लागि आवश्यक अध्ययन शुरु गरिने, नगरका सवै सामुदायिक विद्यालयहरु, स्वास्थ्य चौकी र वडा कार्यालयमा शुद्ध खानेपानीको व्यवस्था मिलाइने, कृषक र पशुपालकको उत्पादन वृद्धिका लागि प्रविधि हस्तान्तरण योजना तथा कार्यक्रम सञ्चालन गरिने, नगरका स्वास्थ्य सेवा विस्तार नभएका वडाहरुमा आधारभूत स्वास्थ्य चौकी स्थापना गरी आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरिने, प्रत्येक सामुदायिक विद्यालयमा संचालनमा रहेका वाल विकास केन्द्रका लागि कक्षा कोठा व्यवस्थापन र आवश्यक शिक्षण सिकाई सामाग्रीको व्यवस्थापन मिलाइने, सवै सामुदायिक विद्यालयमा अंग्रेजी शिक्षा र कम्प्यूटर शिक्षाका लागि आवश्यक शिक्षक तथा तालिमको व्यवस्था मिलाईने, नगर प्रमुख-उपप्रमुख कृषि-पशु सुरक्षण कार्यक्रम तयार गरी कार्यान्वयन गरिनेछ र स्थानीय धर्म, सस्कृति र परम्परा अनुसार गरिने मृत्यू पछिको दाहसंस्कारलाई व्यवस्थित वनाउन दाहसंस्कार स्थल नभएका वडाहरुमा दाहसंस्कार स्थल निर्माणको कार्य थालनी गरिने समेत उहाँले बताउनुभयो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरसभामा वित्तिय व्यवस्थापन तर्फ भएका प्रगति प्रस्तुत गर्नुभयो । नगरपालिकाको छैठौ नगरसभाबाट १ अरव ३५ करोड ५८ लाखको कुल आयव्यय अनुमान सहितको नगर विकास योजना स्वीकृत भएकोमा आ.व. २०७६।०७७ मा खर्च हुन नसकि नगरपालिका सञ्चित कोषमा थप बाँकी रहेका रकम (अ.ल्यां) ४ करोड ३४ तथा मर्मत सभ्भार कोषमा रहेको रकममध्येबाट रु १ करोड समेत थप गरी रु १ अरव ४० करोड ९२ लाख वरावरको देहायनुसारको आय शिर्षक र आय रकम प्रस्ताव गरी १ अरव ४० करोड ९२ लाख वरावरको खर्च व्यवस्था गर्न मेचीनगर नगरपालिकाको विनियोजन विधेयक, २०७७ को संसोधन प्रस्ताव नगरसभा पेश गर्नुभयो ।

छैटौ नगरसभाबाट आर्थिक वर्ष २०७७-०७८ को प्रस्तावित आय १ अरव ३५ करोड ५८ लाख रुपैयाँ स्वीकृत गरिएकोमा मौज्दाद रकममा ४ करोड ३४ लाख थप भएको तथा मर्मत सम्भार कोषबाट १ करोड संचित कोषमा ल्याई विनियोजन गर्ने गरी अनुमानित संसोधित आय १ अरव ४० करोड ९२ लाख रुपैयाँको विवरण पेश गर्नुभयो । व्यय तर्फ छैठौ नगरसभाले स्वीकृत गरेको योजना तथा कार्यक्रममा निम्नानुसार संसोधन हुने गरी अन्य शिर्षकलाई यथावत राख्दै पेश गनुृभयो ।

धारण खर्च तर्फ एक वडा एक प्राविधिक जनशक्ति व्यवस्थापन गर्न आवश्यक पर्ने फर्निचर फिक्चर्सका लागि १५ लाख र मेशनरी औजार खरिदका लागि १५ लाख गरी ३० लाख थप गरी प्रशासनिक खर्च १७ करोड ७७ लाखको संशोधन प्रस्ताव , सामाजिक विकास तर्फका कार्यक्रममा सामुदायिक विद्यालयका विपन्न वालवालिकालाई व्याग वितरण शिर्षकमा ५ लाख, महिला संघसंस्था कार्यक्रम सहयोग कार्यक्रम शिर्षकमा ५ लाख, ट्राफिक सचेतना कार्यक्रम शिर्षकमा ३ लाख, अपाङ्गका लागि ह्वील चियर वितरण शिर्षकमा ३ लाख, वाल विकास केन्द्र कक्षा कोठा व्यवस्थापन शैक्षिक सामाग्रीको व्यवस्थापन शिर्षकमा ७ लाख र सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्र र वडा कार्यालयहरुमा शुद्ध खानेपानीका लागि वितरण जडान शिर्षक १५ लाख गरी थप ३८ लाख रुपैयाँको प्रस्ताव समेत गर्नुभयो ।

स्वास्थ्य तर्फ आयूर्वेद औषधी खरिद शिर्षकमा २ लाख, आँखा अस्पतालसँग मोतिया विन्दु, जलविन्दु र टेरेजियाजस्ता रोगको उपचारको साझेदारीका लागि रु १० लाख र औषधी खरिद शिर्षकमा २० लाख गरी थप ३२ लाख, शिक्षा तर्फका कार्यक्रममा त्रिदेव क्याम्पस अनुदान शिर्षकमा ८ लाख, काँकरभिट्टा क्याम्पस सञ्चालन अनुदान शिर्षकमा रु ८ लाख, स्थानीय पाठ्यपुस्तक छपाई शिर्षकमा ४ लाख, राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शिर्षकमा रु २ लाख, पोलिटेक्निकल शिप विकास केन्द्र धुलावारी शिर्षकमा २५ लाख, सामुदायिक विद्यालयको मर्मत र फर्निचरका लागि १० लाख र सामुदायिक विद्यालयका कम्प्यूटर तथा अंग्रजी शिक्षकको व्यवस्थापन तालिमका लागि ५ लाख गरी थप ६२ लाख तथा सुशासन तथा क्षमता विकास तर्फ विभिन्न योजनाको डिपिआर शिर्षकमा ७० लाख, नगर शहरी विकास योजना निर्माणशिर्षकमा २५ लाख, नगर वुलेटिन प्रकाशनमा ५ लाख, सञ्चार प्रवद्र्धन कार्यक्रममा ५ लाख गरी थप रु १ करोड ५ लाख रुपैयाँको समेत उपप्रमुख उप्रेतीले प्रस्ताव गर्नुभयो ।

कृषि तथा पशु विकास तर्फ कृषक विमा कार्यक्रम ५ लाख, कृषि उत्पादन ग्रेडिङ्ग कार्यक्रम ५ लाख, कृषि उत्पादन प्रवद्र्धन कार्यक्रम ५ लाख र कृषि पशु सुरक्षण कार्यक्रम शिर्षकमा १० लाख गरी थप २५ लाख भौतिक पूर्वाधार आ.व. २०७७/०७८ का समपुरक साझेदारी कोषमा विनियोजित ५ करोड लाई घटाई १ करोड ५० लाखमा रहने गरी संशोधित रकम प्रस्ताव गर्नुभयो । यसै गरी भृकुटी मार्ग क्रस ड्रेनेज स्टक्चर भेरिएशन शिर्षकमा ५५ लाख, धुलावारी मा.वि. कल्र्भट निर्माणका लागि थप १२ लाख, काँकरभिट्टा बजार व्यूटिफिकेशन शिर्षकमा ३० लाख, वडास्तरीय अधुरो योजना ४७ लाख, ठेक्का लागि सकेका योजनाहरुको भूक्तानी शिर्षकमा २ करोड, वडाबाट प्रस्ताव भएका वहुवर्षिय सडक कालोपत्रे योजनाका लागि म्याचिङ्ग फण्ड शिर्षकमा १ करोड ५० लाख, वडास्तरीय चिल्ड्रेन पार्क तथा फिटनेश सेन्टर शिर्षकमा ७५ लाख र धर्मसंस्कृति अनुसार दाह संस्कार स्थल निर्माण शिर्षकमा १८ लाख गरी थप ५ करोड ८७ लाख प्रस्ताव राख्नुभएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा प्रदेश सभा सदस्यहरु श्रीप्रसाद मैनाली तथा राधा थापा, नेकपामा मेचीनगर इञ्चार्ज देवकुमार राई, नेपाली काँग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुडाथोकी राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्यले आआफ्नो धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार  ४ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]