जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोडका व्यवसायीलाई बजार खोल्न आव्हान

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले व्यवसायीलाई पसल बन्द नगर्न आव्हान गरेका छन् । उनले पसल खोलेर व्यवसाय गर्न आग्रह गरेका छन् ।

इजलाससित कुरा गर्दै भट्टराईले सम्पूर्ण व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न आव्हान गरिएको जानकारी दिए । बिहीवार विहानै देखि बिर्तामोड बजार क्षेत्रमा आंशिक रुपमा पसलहरु खुलेका छन् । खुल्ने क्रम जारी रहेको भट्टराईको भनाई छ ।

चावी बोकेर आएका व्यवसायीहरु वाणिज्य संघको सूचना पर्खिरहेका छन् । उनीहरु वाणिज्य संघले खोल्न भनेमा तत्कालै सबै बजार खोलिदिने बताइरहेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनी डिएसपी सन्तोष आचार्यले बिर्तामोडको अवस्था सामान्य रहेको जानकारी दिए । उनले आवतजावतमा कुनै कठिनाई नभएको बताए । बजार बन्द गर्दै हिडेको पाइएमा तत्कालै बन्द कर्तालाई नियन्त्रणमा दिने उनको भनाई छ ।

यस्तै, व्यवसायी नेता सुवास भट्टराईले बन्द हड्ताल कुनै पनि हालतमा स्वीकार्य नभएको बताएका छन् । उनले जुनसुकै उदेश्य भए पनि बन्द, हड्ताल गर्न नहुने बताए ।
नेकपाका युवा नेता अग्नि आचार्य राजुले राजनीतिक प्रणालीको सुधार बन्द हड्तालले नगर्ने बताएका छन् । उनले बन्दको विरोध जनाएका छन् ।

भोली काठमाडौंमा हुने ओली पक्षीय जनसभालाई विथोल्न आयोजना गरिएको हड्तालको ठाउँठाउँमा प्रतिकार भइरहेको छ ।

प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार  १० : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]