जेष्ठ ५, २०८१ शनिबार

विर्तामोडका ढुङ्गेल अपहरण गर्ने लिम्बु पक्राउ

विर्तामोड । झापा प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मानव अपहरण तथा शरिर बन्धक, जवरजस्ती चोरी मुद्धाका फरार प्रतिवादी उर्लावारी –२ का राजेशवर लिम्बु र कुटपिट ,अंगभंग मुद्दामा दमक –३ कि सुनिता राईलाई अलग–अगल स्थानबाट पक्राउ गरेको प्रवक्ता राकेश थापाले जानकारी दिए ।

लिम्बुले बिर्तामोड–६ का विशाल ढुङ्गेललाई अपहरण गरेक थिए । उनले आफ्नो गाडिमा चढाई मुखमा पट्टी बाँधेर भारत पानीट्याङ्की पुर्याएका थिए । ढुङ्गेलको साथबाट नगद ५ हजार र मोवाइल खोसेर लिम्बु भागेको प्रहरीको भनाई छ । पीडित ढुङ्गेलले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जाहेरी दिएका थिए ।

०७२ साल देखि फरार रहेका लिम्बुलाई उर्लाबारी प्रहरीको समन्वयमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार झापा जिल्ला अदालतले फैसला कायान्वयनका लागि झापा कारागार चलान गरेको छ । उनलाई ७ वर्ष कैद र ५० हजार जरिवाना तोकिएको छ ।
यस्तै, राईलाई दुई वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ । उनलाई पनि झापा कारागार चलान गरिएको झापा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]