जेष्ठ ५, २०८१ शनिबार

नेपाल बन्द : गरिवमाथिको ज्यादती

झापा । माघ २३ (आज) गते केपी शर्मा ओली पक्षीय काठमाडौंमा हुने जनसभालाई प्रभावित बनाउन गरिएको आम हड्तालले अन्ततः गरिव जनतालाई सास्ती बाहेक केहि मिलेन । गरिवका गाँसमा लात हान्ने हड्तालमा प्रतिगामी गन्ध आएको छ । संविधान र प्रतिनिधि सभाका नाममा कथा बुनेर गरिएको हड्तालले फेरि पनि गरिव, विपन्न माथि ज्यादती भएको छ । गरिव मजदुरको काम प्रभावित भएको छ । अस्पताल हिडेका विरामीलाई त्रसित बनाइएयो । दैनिक मजदुरी गर्नेले काम गर्न दिइएन ।

बिहीवार गरिएको हड्ताल देशभर प्रकार भएको छ । केहि ठाउँमा प्रचण्ड–माधव नेपाल नै पुगेर बन्द गरे । झापामा पनि केहि स्थानमा बन्द गरेको पाइयो । विर्तामोडको पश्चिम स्टेण्डमा कार तोडफोड गर्ने प्रचण्ड समूहका कार्यकर्तालाई ओर्लेर सर्वसाधरणले २÷४ झापड पनि लगाए ।
हड्ताल गरेर प्रचण्ड समूहले गरिव मजदुरका सवारी जलाए । तोडफोड पनि गरे । सार्वजनिक भएका घटनामा मलामी समेत जान नदिएको देखिएको छ । यस्तै, बन्दको उल्लंघन गरेको भन्दै विराटनगरमा चिया पसलमा तोडफोड गरेका छन् । बन्दको बेला चिया पसल खोलेको भन्दै उनीहरुले विराटनगर महानगरपालिका–२ स्थित चिया पसल बिहीबार दिउँसो साढे १२ बजे तोडफोड गरे ।

तोडफोडका क्रममा समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल कराही घोप्टिँदा तातो तेलको छिट्टाले पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया बबिता सहनी घाइते भए । बबिता ६ महिनाकी सुत्केरी हुन् ।
पूर्वमन्त्री एवं प्रचण्ड– नेपाल समूहका नेता शिवकुमार मण्डल नेतृत्वको समूहले उक्त चिया पसल तोडफोड गरेको थियो । भीड उत्तेजित भएर तोडफोडमा उत्रन थालेपछि उनले छुट्याउन प्रयास गरेका थिए । चिया पसल सञ्चालन गर्दा अवरोध नगर्ने बताएपछि आफूले पसल खोलेको पसल सञ्चालक प्रमोदले बताए ।

तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेका छन् । बनिसकेको खानेकुरा भुइँमा फ्यालियो भने बनाउन तयारी अवस्थामा राखिएका सामान पनि बन्दकर्ताको समूहले फ्यालेर नष्ट गरिदिएको छ । मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताए ।
गरिव जनतामाथि ज्यादती गर्ने बन्दको विपक्षमा तमाम् व्यापारी र सचेत नागरिक उभिएका छन् ।

प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार  १० : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]