जेष्ठ ६, २०८१ आईतबार

झापामा स्तन क्यान्सरका विरामी धेरै

बिर्तामोड । क्यान्सर रोगीका लागि अस्पताल सञ्चालनमा आएपछि पूर्व नेपालका विरामीलाई राहत मिलेको छ । गत वर्षदेखि विर्तामोडमा सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालबाट पूर्व नेपालसहित विभिन्न जिल्लाका विरामीलाई राहत मिलेको डा.विरेन्द्र यादवले जानकारी दिए । उनका अनुसार झापामा देखिएका नयाँ क्यान्सरका बिरामीमध्ये सबैभन्दा बढी स्तन क्यान्सरका विरामी रहेका छन् । उनले स्तनक्यान्सरका १ सय ४९ जना रहेको जानकारी दिए ।

हालै सार्वजनिक गरिएको तथ्यांकले झापामा क्यान्सर रोगको अवस्था दिनानुदिन बन्दै गएको देखाएको छ । पूर्वका जिल्लाहरूमध्ये झापामा क्यान्सरका रोगी अत्यधिक बढ्दै गएको क्यान्सर रोगका विशेषज्ञहरूले बताएका छन् । पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. यादवका अनुसार उक्त अस्पतालले जाँच गरेका क्यान्सर रोगीमध्ये सबभन्दा बढी महिलाहरूको स्तन क्यान्सर रहेको छ । गत वर्ष पनि क्यान्सर रोगीको संख्या झापामा प्रदेश १ मै सबभन्दा बढी रहेको थियो ।

गत वर्ष झापामा १ हजार ४६२ जना क्यान्सरका बिरामी फेला परेको डा. यादवले बताए । त्यस्तै, दोस्रोमा मोरङमा ४३१, सुनसरीमा २९६, इलाममा २३६ र पाँचथरमा ८८ जना क्यान्सरका बिरामी फेला परेको यादवले जानकारी दिए । पाठेघरको मुखको क्यान्सर बिरामीको संख्या ८४ जना रहेको छ । समग्रमा फोक्सोको क्यान्सरबाट पीडित हुनेको संख्या १०७ रहेको डा. यादवले जानकारी दिए । नेपालमा ३ वटा क्यान्सर हस्पिटलले उपचार सेवा दिइरहेको बताइएको छ ।

प्रकाशित मिति : माघ २६, २०७७ सोमबार  ९ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]