जेष्ठ ६, २०८१ आईतबार

झापाका ४६ सयले लगाए कोरोना विरुद्धको खोप

बिर्तामोड । झापामा कोरोना विरुद्धको पहिलो चरणको खोप कार्यक्रम सकिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार अब दोस्रो चरणको खोप कार्यक्रम तयारी गरिदैंछ ।

पहिलो चरणमा झापाका ४ हजार ६ सय २१ जनाले कोरोना विरुद्धको खोप लगाएको फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । उनले पहिलो चरणमा खोप लगाउनेहरुमा कुनै समस्या नदेखिएको बताए । जिल्लाको ३ वटा केन्द्रमा खोप लगाइएको चौलागाईको भनाई छ । उनका अनुसार मेची अस्पताल भद्रपुर , अनारमनी नगर अस्पताल बिर्तामोड र दमक अस्पतालबाट खोप लगाइएको थियो । स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, एम्बुलेन्स चालक, शव वाहनका चालकलाई पहिलो चरणमा खोप लगाइएको चौलागाईले जानकारी दिएका छन् ।

दोस्रो चरणको खोप चाडैं लगाइन्छ, इजलाससित कुरा गर्दै चौलागाईले भने – अब कर्मचारी र सुरक्षाकर्मीलाई प्राथमिकतामा खोप लगाइने छ । खोप लगाउन नाम संकलन भइरहेको छ ।

प्रकाशित मिति : माघ २६, २०७७ सोमबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]