जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोडमा दुई घण्टा चोरी : सिलिण्डर समेत छोडेनन्

विर्तामोड । झापाको बिर्तामोडमा आज दिउँसो कुशल खतिवडाको फ्लाटबाट नगदसहित सुनचाँदी चोरी भएको छ । शनिश्चरे रोडमा रहेको निरज चुडालको घरमा डेरा गरी बस्दै आएका खतिवडाको फ्लाटबाट चोरी भएको बताइएको छ ।

चोरीमा संलग्न युवाले दिउँसो तीन बजे सिलिण्डर समेत बोकेर हिड्दै गरेको सीसी क्यामेरामा कैद भएको छ । चुडालले सीसी क्यामेरामा देखिए अनुसार ति युवकले दुई घण्टा फ्लाटभित्र बिताएको जानकारी दिए । भित्र प्रवेश गरेको २ घण्टापछि बाहिर निस्किएको देखियो, चुडालले इजलाससित भने ।

२० हजारभन्दा बढि नगद , गरगहना र ग्यासको सिलिण्डर बोकेर फोनमा बोल्दै हिडेको क्यामेराले कैद गरेको छ । चुडालले सामाजिक सञ्जालमा हुलिया राख्दै खोजिदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : माघ २६, २०७७ सोमबार  ६ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]