बैशाख १३, २०८१ बिहीबार

किसानमा उत्साह छ, अब कनकाईलाई आत्मनिर्भर बनाउंछौं : नगर प्रमुख राजेन्द्र पोखरेल

झापाको १५ वटा स्थानीय तहमध्ये कनकाई नगरपालिका चर्चामा छ । नगरभित्रको विकास निर्माण र नागरिकप्रतिको जवाफदेहीले कनकाई नगरपालिका चर्चामा आएको हो । गाउँगाउँमा सिंह दरवारको अनूभुति गराइरहेको कनकाईले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । चालु वर्षमा कामलाई गति दिएको कनकाईले कृषि क्षेत्र प्राथमिकतामा राख्यो । सबै खाले विकाससँगै कृषिलाई प्राथमिकतामा राखेको यो नगरपालिकाले कृषि क्षेत्रमा गरेको कामका सन्दर्भमा कनकाई सेरोफेरोका लागि संवाददाता सिएम शर्माले नगर प्रमुख राजेन्द्र पोखरेलसँग गरेको कुराकानी :


१, नगरले आ.व. ०७५/७६ मा कृषि क्षेत्रमा के कस्ता काम अघि बढाएको थियो, कति पूरा भयो ?

विशेष गरेर कनकाई नगरपालिकाले कृषि क्षेत्रमा एउटा दिगो विकास हुने हिसाबले स्थायी ढंगले कृषिलाई कसरी चै बिकास गर्न सकिन्छ । त्यो हिसाबले नीति तथा कार्यक्रमलाई अघि बढाएको छ ।

त्यसमा बिशेष गरेर कृषिलाई हामीले दुई वटा हिसाबले हेरेका छौ । एउटा भनेको व्यवसायीक खेति र अर्को अर्गानिक अथवा जैविक खेती । ब्यवसायीक प्रयोजनका निमित्त हामीले आज भन्दा अगाडि कनकाईवासीहरु अथवा नेपालीहरुकै खेती गराइको प्रणाली के भन्छ भने निर्वाहमुखी खेती गरि राखेका छौ । जसले गर्दा हाम्रो दैनिक जीवन चै चल्छ ।

तर त्यसले हाम्रो ब्यवसायीकरण अथवा त्यस खेतीमा बाचेर चै खेतीमै निर्भर भएर बाच्नेको संख्या कम छ । यस्तो खालको समस्याहरु हामीसँग छ । त्यसैले एउटा अघि भनेको ब्यवसायीकरण गर्नलाई कनकाई नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा जसले सयबिघा भन्दा बढि समुहमा अथवा सहकारीको माध्यमद्वारा जम्मा गर्छ , एउटा समूह बनाएर खेती गर्छ । त्यस्तो खालको अबस्थामा नगरले त्यसको निमित्त लगभग २० लाख रुपैंयाँ सम्म चै दिने प्रोग्राम बनाएका थियौ ।

त्यस अनुसार अघिल्लो बर्षको कार्यक्रममा प्रगति पथ कृषि सहकारी समुहले त्यो खालको सामुहिक खेती गरिरहनु भएको छ । त्यसै गरेर अन्य क्षेत्रमा अलिकति कनकाई नगरपालिकाले केही सपोर्ट गरेर ,जस्तो तरकारीको पकेट क्षेत्रमा भयो , धानको पकेट क्षेत्र भयो , मकैको पकेट क्षेत्र भयो , बगर खेतिको पकेट क्षेत्र त्यो सबै कुरालाई हामीले पकेट क्षेत्रलाई केही सिंचाइको निमित्त संम्वोधन गरेर यसरी अघिल्लो बर्ष कृषिको लागि त्यो एउटा कार्यक्रम गर्यौ भने अर्को कार्यक्रम भनेको चै कसरी गर्यौ भने हामी अहिले कृषि उपज उत्पादन गर्छौ , खान्छौ तर त्यो जुन उत्पादन गरेका चिजहरुचाहिँ हामीले खान योग्य हुदैन ।


अत्यन्तै धेरै बिषादि प्रयोग गरेको अवस्थाले आज हाम्रो स्वास्थ्यको अवस्था अत्यन्तै नाजुक भइरहेको छ । हिजो भन्दा आज मुटुका रोगी , हिजो भन्दा आज क्यान्सरका रोगी , हिजो भन्दा आज मृगौलाका रोगी अत्यन्तै बढिरहेको अवस्थाको कुराहरु छ । त्यसैले यसलाई न्यूनिकरण गर्नुपर्छ भन्ने उदेश्यले हाम्रो कनकाई नगरले विभिन्न ९ वडामा सो केन्द्रहरु, श्रोत केन्द्रहरु स्थापना गरेर जो हिजो देखिनै कृषि पेसामा लाग्नुभएको थियो , उहाँहरुको बिचमा श्रोत केन्द्र स्थापना गरि त्यसको निमित्त या तिनै बिशेष गरेर अर्गानिक बनाउनको निमित्त चाहिने प्रविधिका कुराहरु जस्तै जैविक कुराहरु, जस्तै उदाहरणका लागि वेएस्ट डि कम्पोजर भन्ने एउटा घोल मल हुन्छ । यो मलको कुराहरु भयो ।

उहाँहरुलाई चाहिने स्प्रे मेसिनको कुरामा किसान र नगरबाट आधा आधा लगानी गरेर , त्यसै गरी उहाँहरुले टनेल बनाएर गर्ने खेतीको कुरामा पनि आधाआधा यसरी , मतलब प्रोत्साहन गर्नको निमित्त हामीले कार्यक्रम अगाडि बढाएका थियौ । त्यसले आशातित सानो क्षेत्रमा गरिएको भएता पनि कृषकहरूमा एउटा उत्साह छ । हामी आफैले जैविक मल पनि बनाउन सक्ने रहेछौं , हामी आफैले बिषादि पनि बनाउन सक्ने रहेछौं , हामी आफैले सुष्म पौष्टिक तत्व पनि बनाउन सक्ने रहेछौं भन्ने कुराहरुमा उहाँहरुको सिकाई पनि भएको छ ।
त्यहि सिकाइको आधारमा यसपालि हामीले अघिल्लो बर्षको तुलनामा यस बर्ष कृषिको बजेटलाई दोब्बर बनाएका छौ ।


यसरी हामी विस्तारै हिजो पहिला कृषकहरुलाई सचेतना गर्ने कुरा अनि आफुले नै कसरी आर्गेनिक खेति बनाउन सकिने रहेछ भन्ने कुरामा , त्यो खालको कार्यक्रममा अलिक बढी प्रोत्साहित गरेका थियौ । अब त्यही समूह मार्फत नै ती वडामा हिजो एउटा एउटा समूह थियो भने अब दुईवटा , तिनवटा , चार वटासम्म समूह बनाएर त्यही समूह मार्फत कृषकलाई नगरको पैसा उहाँहरुको साझेदारीमा अर्गानिक खेतीलाई प्रेरणा गर्ने गरि एउटा कार्यक्रम संचालन गरेका छौ ।


पोहोर साल एउटा सहकारीलाई गर्यौ भने यसपालि पुनः जो सहकारीहरु व्यवसायीक खेतिको निमित्त अगाडि बढ्नु हुन्छ त्यो खालको सहकारीलाई सपोर्ट गर्ने गरि यो बर्ष पनि हिजो एउटालाई पुग्ने गरि थियो भने यस बर्ष दुई वटालाई पुग्ने गरि बजेटको बिनियोजन गरेका छौ ।

२, लगानी अनुरुप काम भएको छ कि छैन ? त्यसको प्रतिफल कस्तो छ ?
अत्यन्तै सान्दर्भिक प्रश्न सोध्नुभयो । उहाँहरुसँग एउटा उत्साह बढेको छ । उहाँहरुले मकै खेती गर्नुभएको छ । मकै खेतीबाट उहाँहरु उत्साहित हुनुहुन्छ । त्यसै गरेर अब धान खेतिको कुरामा पनि त्यसरी नै लाग्नुभएको छ । दुईवटा ट्याक्टर जम्मा गरि सक्नुभएको छ । गोदाम लगभग तयार हुने अबस्थामा छ ।

औजारिकरण गर्ने कुरामा पनि हामी अगाडि बढी रहेका छौ । यसको लागि नगरले आफ्नो बुताले भ्याएसम्म नगरले नै , नगरले नसकेको प्रदेश सरकार , संघीय सरकार , बिशेष गरेर प्रधानमन्त्री कृषि आधुनिकिकरणलाई समेत जोड्दै उहाँहरुसँग मिलेर हामी कार्यक्रम गरिरहेका छौ र खुशिको कुरा कनकाई नगरको कोअडिनेसनमा झापा जिल्ला भरिका स्थानीय तहहरुलाई एक ठाउँमा जोडेर सम्पूर्ण झापा जिल्लाका स्थानीय तहको प्रयत्नमा झापा जिल्लालाई नै धानको सुपर जोन क्षेत्रको रुपमा घोषणा गरिएको छ र त्यसमा त्यही अनुसारको बजेटको प्रतिफल पाउने बजेट आउने कुरामा पनि हामी आशावादी छौ ।

३, मकै उत्पादन भएको कुरा गर्नुभयो यसको मुख्य बजार कहाँ हो ?
उत्पादनको कुरा एउटा भयो भने सँगसंगै बजारीकरण , औधोगीकरणको कुराहरु हुन्छ । हाम्रो कतिपय कुराहरुलाई भोलि स्थानीय नागरिकहरुलाई नै उद्योगपति बनाएर मकैमा सम्बन्धित उद्योग बनाएर पनि त्यसलाई केही गर्न सकिन्छ भन्ने हाम्रो सोच छ । अहिले हामी एकदमै सुरुवाती चरणमा छौ , लक्ष्य चाहिँ हाम्रो ठुलो छ , राम्रो छ । भोलिका दिनमा वरिपरिका छिमेकी स्थानीय तहका साथीहरु समेत मिलेर हामी संयुक्त रूपमा व्यवसायीकरण , औद्योगीकरणको कुरामा पनि अगाडि बढ्नेछौ ।


४, दक्ष कृषक उत्पादनको लागि कोरियाबाट आब्हान भएको हो ?
कोरियाबाट हामीलाई आब्हान भएको हो । हामी प्रोसेसमा छौ । केही कृषकले कोरियन भाषा पनि पढ्दै हुनुहुन्छ , वडाबाट दुई जनाको हिसाबले सिफारिस पनि भएको छ । तर कहिले लाने हो भन्ने चै टुङ्गो लागेको छैन ।

५, कृषि औचार वितरणको प्रभाव कस्तो रह्यो ?
यो चै यस्तो गर्नुपर्छ , यो समयले र परिस्थितिले के माग गर्छ , यहाँ हाते ट्याक्टरको कुरा गर्नुभयो , अब अलि ठुलो क्षेत्रफलमा खेती गर्दा चै ठुलो ट्याक्टर नै राम्रो हुने हो कि , किनभने हाते ट्याक्टर धेरै चाडो बिग्रेर खराब भएको अबस्था छ । अहिले दिएको धेरै ठाउँमा बेकम्वा भएर गएको कुराहरु छन् । त्यसैले गर्दा यसमा के बढी आवश्यक र प्रभावकारी हुन्छ त्यो कुराहरु हामी गर्छौ ।

६,कुखुरा पालनमा नगरले कसरी लगानी गरेकोे छ ?
विशेष गरेर नगरको युवा स्वरोजगार भन्ने कार्यक्रम थियो । यो कार्यक्रममा हामीले बिशेष गरि कृषकहरु अथवा जसले चै आफुले व्यवसाय गर्न चाहानु भएको छ । उहाँहरुलाई हामीले एक लाख देखि डेढ लाख सम्मको अत्यन्त सस्तो ब्याजदर ३ प्रतिशतमा नै सहकारी मार्फत सपोर्ट गरेका छौ ।
७, नगरमा उत्पादन भएको कृषि वस्तुले समग्रमा नगरलाई धानेको छ कि छैन ?
मकै निर्यात छ , धान निर्यात छ ,अण्डा र कुखुराको मासुमा पनि लगभग आत्मानिर्भर छौ , माछामा अलिकति कमजोर छौ । दुधमा आत्मनिर्भरै छौ , दूध चै बाहिर पनि जान्छ र फेरि पकेटमा भित्रने पनि छ त्यसैले समग्रमा दुधमा आत्मनिर्भर छौ । तरकारीको बिषयमा अझ हामी आत्मा निर्भर हुन बाँकी छ । खसिको कुरामा हामी केही कमी नै छौ ।
८, कृषिको लगानी अनुरुप आयव्यय कस्तो छ ?
अर्गानिक खेती गरेको कुरामा साथीहरु सन्तुष्ट हुनुहुन्छ । त्यहाँबाट राम्रो परिणाम आएको छ । अरु पनि समग्रमा उहाँहरुलाई सोद्धा घाटै त छैन भन्ने कुरा आएको छ ।

९, कृषिको लगानी दुरुपयोग पनि भएको छ कि ?
साच्चैका कृषकलाई नै लगानी गरेका छौ । किनभने कृषिको हाम्रो कर्मचारी नै नभएको अबस्थामा कृषिकै एउटा समुहबाट हामीले त लगानी नी कृषक मार्फत नै गरेका छौ । यहाँ त तलमाथि जानेत कुरै भएन नि । कृषक कै समुहलाई सिधै पैसा दिने चलन छ हाम्रो । लगानी गरेको खेर गएको छैन ।
१०, कृषिको कुन शिर्षकमा लगानी गरिएको छ ?
बिशेष गरेर अर्गानिक सागसब्जी तरकारी सबै कुराहरु परिहाल्यो । त्यसैगरी मेशनिकरणको कुरामा चै हामीले बगर खेतिमा पनि लगानी गरेका छौ । लगानीको व्यवस्थापन पनि मिलाई दिएका छौ । जिल्ला कृषि कार्यलयमा आवश्यक कोर्डिनेशन गरेर पनि कृषकलाई हामीले व्यवस्थापन गरेका छौ, साथै नगरले पनि गर्दै छौ ।

११, अर्गानिक उत्पादनपछि बिषादियुक्त तरकारीको उपभोग घटेको हो ?
घट्दै छ, हामीले जनचेतना फैलाउने काम पनि गरेका छौ । उपभोक्ता पनि सचेत छन् । कृषक आफै पनि सचेत छन् ।

१२, विषादी प्रयोग गरेको तरकारीबाट उपभोक्तालाई कसरी जोगाउने ?
उपभोक्ता सचेत छन् । हामीले पनि विभिन्न कार्यक्रम मार्फत सचेतना फैलाउने काम गरिरहेका छौ । अब हामी बजारमा कृषक मार्फत नै अर्गानिक स्टलहरु राख्ने योजनामा पनि छौ । हामी त्यसमा पनि लगानी गर्दैछौ । सुरुङ्गामा यसपालि एउटा , दुईवटा स्टल राख्ने तयारीमा पनि लाग्दै छौ । नगरले स्टल राख्नमा पनि सहयोग गर्छ ।
१३ अन्त्यमा
सिंचाईका क्षेत्रमा मोटरको कुराहरु , ट्युबवेल , पाइपहरु वितरण गरेका छौ । सतह सिंचाइका लागि पनि केही लगानी गरेका छौ र कृषिको २०७६÷७७ को बजेटमा पनि अघिल्लो भन्दा दोब्बर हुने गरी समेटेका छौ ।

प्रकाशित मिति : असार १८, २०७६ बुधबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]