बैशाख ६, २०८१ बिहीबार

झापा उद्योग संघद्वारा पत्रकार काफ्ले र गिरी पुरस्कृत

भद्रपुर । झापा उद्योग संघले आफ्नो २६ औं वार्षिकोत्सवको अवसर पारेर झापाका दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । सोमबार हल्दिबारीस्थित भेलागुडी सामुदायिक वनको वनभोजस्थलमा आयोजित साधारणसभा समारोहका बीच संघले आर्थिक पत्रिका निर्माण लहर साप्ताहिकका सम्पादक, रेडियो नेपालका झापा सम्बाददाता एवम् आर्थिक पत्रकार समाज झापाका अध्यक्ष रोहित काफ्ले र अग्रज पत्रकार, नागरिक एफएमका समाचार सम्पादक एवम् साप्ताहिक समाचारपत्रका प्रधान सम्पादक गोपाल गिरीलाई जनही नगद ५००१।– सहित सम्मानपत्रद्वारा पुरस्कृत गरेको हो ।

पत्रकारिताको माध्यमबाट आर्थिक क्षेत्रको समाचार एवम् संघको गतिविधि प्रकाशन–प्रशारण गर्दै समाजलाई सुसूचित गराउन महत्वपूर्ण योगदान पुर्याएकोमा काफ्ले र गिरलिाई पुरस्कृत गरिएको झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकालले बताए ।

२६ औं साधारणसभाका प्रमुख अतिथि सार्क चेम्बर कमर्स एण्ड इण्डष्ट्रीका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल एवम् संघका अध्यक्ष टिकाराज ढकालले काफ्ले र गिरीलाई संयुक्त रुपमा पुरस्कृत गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष यमबहादुर श्रेष्ठले स्वागत र महासचिव दुर्गाप्रसाद भण्डारीले सञ्चालन गरेको समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले उद्योग–व्यवसाय क्षेत्रका सकारात्मक समाचारले उद्योगी–व्यवसायीलाई हौसला प्रदान हुने बताउँदै निजी क्षेत्रका समस्याका बारेमा, निजी क्षेत्रका सफलताका बारेमा, आर्थिक क्षेत्रको संभावनाका बारेमा कलम चलाउन सञ्चार क्षेत्रसँग आग्रह गरेका छन् ।

अध्यक्ष ढकामलले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा संघको आफ्नै भवन निर्माण गर्न सफल भएको, एक जिल्ला एक उत्पादन कार्यक्रम सञ्चालन गरिएको र त्यसबाट सयौं किसान लाभान्वित भएको उल्लेख गरे ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, १ नं प्रदेश उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र राउत, नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेलगायतले शुभकामना मन्तव्य राखेको समारोहमा हालै नेपाल उद्योग वाणिज्य महासंघ तथा १ नं प्रदेश उद्योग वाणिज्य महासंघमा निर्वाचित पदाधिकारी–सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]