बैशाख १४, २०८१ शुक्रबार

वनलाई वनमाराबाट बचाऔं

सम्पादकीय

मानव जातिलाई आफ्नै घर व्यवहारको चिन्ता र चासो छ । जिम्मेवारी अनुसार मानिस आ–आफ्नो क्षेत्रमा क्रियाशिल भएको पाइन्छ । अहिले मानिसहरुलाई राजनीतिमा अलि धेरै चासो र चिन्ता छ । तर, मानव जातिलाई नभइ नहुने वन जंगलप्रति खासै चासो भएको पाइदैन । उल्लेख्य चासो हुनुपर्ने भए पनि मान्छेबाट वन क्षेत्र हेपिएको जस्तै भएको छ । अहिले हेपाईमा परेको वन क्षेत्र कुनै दिन विना भएको भने मानव जातिलाई जिवित हुन निकै कठिन हुनेछ । त्यहि वन जंगलको सहारामा जीवित मानव वनजंगलको संरक्षणमा लाग्नै पर्ने देखिएको छ ।

झापाका सामुदायिक वनमा एक समय असाध्यै चोरी तस्करी हुने गर्दथ्यो । अहिले केहि हद्सम्म चोरी तस्करी नियन्त्रण भएको छ । सरकारको मातहतमा हुँदा वनजंगल जागाउन मुस्किल थियो । अहिले वनहरु समुदायलाई हस्तान्तरण गरिएको छ । समुदायलाई नै हस्तान्तरण गरेपछि केहि मात्रामा चोरी तस्करी घट्दै गएको छ । समुदायकै काँधमा संरक्षणको जिम्मेवारी भएपछि चोरी तस्करी घट्यो । वन क्षेत्रसँग मानव जाति निर्भर छ । तर, वन जंगलको अझै संरक्षण हुन सकिरहेको छैन ।

वन क्षेत्रमा अहिले मान्छेभन्दा पनि वनमारा झारको समस्या बढेर गएको छ । वनजंगलका लागि असाध्यै हानिकारक झार प्याङ्ग्री र तिते अनिष्न्त्रित रुपमा फैलिरहेको छ । वनजंगलको संरक्षणमा काम गर्दै आएका केहि अभियान्ता वनमाराबाट वन जोगाउन समस्या भइरहेको बताउँछन् । वनमा त्यस्ता झार फैलिरहँदा वन विकासमा अवरोध पुग्छ । यसरी वनक्षेत्रमा वनमारा झार फैलिदै गयो भने यसको प्रभावले वन विनास अवश्य हुनेछ । यसैले सबैको प्रयासबाट वनमारा झार नियन्त्रण गर्न जरुरी छ । नत्र, मानव जीवनमाथि संकट नआउला भन्न सकिन्न ।

प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार  ९ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]