जेष्ठ ६, २०८१ आईतबार

न्यायको माग गर्दै बाल सञ्जाल र शैशव मञ्चको र्याली

धनगडी । बैतडीमा गत बिहीबार मृत अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएसँगै बिभिन्न ठाउँमा बिरोध र्याली सहित न्यायको लागि आवाज उठिरहेको छ । यसै गरी सोमवार साँझ नगर बाल सञ्जाल धनगढी र शैंशव मञ्च नेपालले धनगढीको पार्क मोड देखि मुख्यमन्त्री कार्यालयसम्म बिरोध र्यालीसँगै मुख्यमन्त्री कार्यालय अघि कोण सभा र दिप प्रज्वलन गरेको छ ।

बाल हिंसा अन्त्य गर , दोषीलाई कारबाही गर , भगवतीलाई न्याय दे र बालबालिकालाई सुरक्षा दे जस्ता नारा लगाइ उक्त र्यालि मुख्यमन्त्री कार्यालय अगाडि कोण सभा र दिप प्रज्वलनमा परिणत भएको थियो । दिनानुदिन यस्तो अपराध बढि रहँदा सरकारको मुख्य नजरमा नपरेकोले दबाबको रुपमा उक्त र्याली निकालिएको नगर बाल सञ्जालका सचिव तथा शैंशव मञ्च नेपाल कञ्चनपुर जिल्ला संयोजक शिशिर विश्वकर्माले जानकारी दिए । उनले भने ‘निर्मला पन्त जस्तै न्याय नपाउने अवस्था भवगतिलाई नवनोस्, हामी न्यायका लागि खवरदारीलाई निरन्तरता दिनेछौँ ।’ साथै शैंशव मञ्च नेपाल केन्द्रीय अध्यक्ष दिवस कार्कीले देशका अधिकांश सहरी क्षेत्रमा न्यायका लागि प्रदर्शन गर्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार  १० : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]