जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोडमा सुपर सिक्स क्रिकेट हुने

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा एकदिने क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बिर्तामोड नगरपालिकाका १० वटै वडाको सहभागिता रहने प्रतियोगिता देवी माविको प्रांगणमा फागुन १ गते हुनेछ । पाँच ओभरको रहने वडास्तरीय प्रतियोगिताका विजेता तथा उपविजेताले ट्रफी पाउने सचिव विशाल अग्रवालले जानकारी दिए ।

खेल सुपर सिक्सको नियमअनुसार खेलाइने आयोजकले जनाएको छ । प्रत्येक टोलीमा अतिरिक्त खेलाडीसहित आठजना मात्र खेलाडी समावेश गराइनेछ । दुईजना वडा समिति सदस्य अथवा कार्यसमिति सदस्य अनिवार्य रुपमा खेलमा समावेश गर्नुपर्ने नियम बनाइएको छ ।

समितिले यसअघि महिलाहरुलाई आत्मरक्षाका लागि एक महिने निःशुल्क कराते तालिम सुरु गरिसकेको छ । समितिले फागुन पहिलो साता मैत्रीपूर्ण भलिबल खेलको आयोजना गर्ने अध्यक्ष विशाल धिमालले जानकारी दिए । फागुन दोस्रो साता वडास्तरीय फुटसल प्रतियोगिता हुनेछ ।
समितिले फागुन अन्तिम साता वडास्तरीय बास्केटबल प्रतियोगिता आयोजना गरेको छ भने चैत दोस्रो साता वडास्तरीय शारीरिक सुगठन प्रतियोगिता गरेर तीन महिने खेलकुदको समापन गरिने अग्रवालले बताए ।

प्रकाशित मिति : माघ २८, २०७७ बुधबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]