बैशाख ८, २०८१ शनिबार

चिठ्ठा धन्दाबाट सतर्क बनौं

सम्पादकीय

कुनै बेला फोनमा बोल्नका लागि निकै मेहनत गर्नुपथ्र्यो । फोन कमै घरमा थिए । फोन राख्ने घरलाई सबैले मान्ने स्थिति थियो । फोनबाट कुरा गर्न पाउँदा निकै गर्वानुभुति हुन्थ्यो । तर, अहिले हरेक नागरिकसँग फोन सुविधा छ । घरघरमा लेनलाइन र हातहातमा मोवाइल छ । मोवाइल छैन भन्दा अहिले अचम्म हुन्छ । त्यो बेला फोन छ भन्दा अचम्म हुन्थ्यो । सञ्चारमा हरेक नागरिकको पहुँच विकास भएको छ । फोनबाट बोल्नका लागि कोहिसँग गुहार गर्नुपर्ने अवस्था छैन । घरमा शौचालय छैन , तर फोन हरेक नागरिकसँग छ ।

मोवाइल र फोनको पहुँचमा हरेक नागरिक पुगे पनि यसबाट विकृति बढ्दो छ । मोवाइल प्रायःसबैको हातमा छ । त्यो पनि स्मार्ट फोन । स्मार्ट फोन चलाउने सबै नागरिक सामाजिक सञ्जालमा जोडिएका छन् । जो कोहि सामाजिक सञ्जालमा जोडिएर ठुलो विश्वलाई हातमा घुमाइरहेका छन् । यसका सकारात्मक पाटो पनि अनगिन्ती छ । तर, पछिल्लो समय यहि सामाजिक सञ्जाल धेरैका लागि हानिकारक बन्दै छ । यसको दुरुपयोग गरेर ठगी कार्य गर्ने काम पनि भइरहेको छ । यसबाट सबैले सतर्क हुन जरुरी छ । यस्तै, घटना झापामा भर्खरै सार्वजनिक पनि भएको छ ।

झापा अर्जुनधाराका ३० वर्षीय पंकज पौडेली विकलाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ । उनका साथबाट प्रहरीले लाखौं रुपैयाँसमेत बरामत गर्यो । सामाजिक सञ्जालको प्रयोग गरेर विकले करोडौं रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाले बताइसकेको छ । सामाजिक सञ्जालमा चिठ्ठा परेको जानकारी दिने र चिठ्ठामा परेको सामग्री वा पैसा लिनलाई कर तिर्नुपर्छ भन्दै असुली गरेको प्रहरीमा उजुरी परेको थियो । प्रहरीमा उजुरी परेको आधारमा खोजी हुँदा विकले ठगी गरेको प्रमाणित समेत भयो । थप अनुसन्धानका लागि उनलाई काठमाडौं लगिएको छ । यसरी नै कसैले विभिन्न नाममा पैसा माग्दैछ भने जो कोहि सचेत र सजग बन्नुपर्छ । चिठ्ठा मात्र होइन अन्य बहानामा समेत पैसा मागेको थाहा पाएमा प्रहरीलाई खवर गरौं । आफु पनि ठगीबाट बचौं, अरुलाई पनि बचाऔं ।

प्रकाशित मिति : माघ २८, २०७७ बुधबार  ८ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]