जेष्ठ ५, २०८१ शनिबार

अध्यक्षमा भट्टराई र महासचिवमा मैनालीले उम्मेद्वारी दिने

विर्तामोड । आगामी फागुन १६ गते हुने विर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा युवा व्यवसायी सुवास भट्टराई र अर्जुन मैनालीको उम्मेद्वारी दिने भएका छन् ।

भट्टराई अध्यक्ष र मैनाली महासचिव पदमा उम्मेद्वार बन्ने पक्का भएको हो । कोभिड–१९ र राजनीतिक अस्थिरताको कारण चुनौतिपुर्ण बनेको व्यवसाय क्षेत्रलाई सुधार गर्दै व्यवस्थित र मर्यादित बनाउन आफुहरुको उम्मेद्वारी पक्का भएको मैनालीले जानकारी दिए ।

भट्टराई नेपाल अलैँची व्यवसायी महासंघका महासचिव हुन् भने मैनाली युवा व्यवसायी तथा उद्योगीका रुपमा चिनिन्छन् । दर्जनौ व्यवसायमा आवद्व मैनाली नेपाल उद्योग परिसंघका सदस्य तथा डायनमिक क्लव झापाका अध्यक्ष समेत हुन् ।

संघको चुनावी सरगर्मी बढेसंगै विभिन्न राजनीतिक दलहरु आफ्नो प्यानल बनाएर उम्मेद्वारी घोषणा गर्ने तयारीमा छन् । नेकपा निकट भट्टराई र मैनालीको प्यानलले पनि बाँकी पदको उम्मेद्वार कस्लाई बनाउने भन्नेमा छलफल जारी राखेको छ । सिङ्गो प्यानलको नाम फागुन २ गते घोषणा गर्ने तयारी रहेको बुझिएको छ ।

प्रकाशित मिति : माघ २८, २०७७ बुधबार  ६ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]