बैशाख ६, २०८१ बिहीबार

बचत फिर्ता देऊ

सम्पादकीय

सहकारी संस्थामा आफैले गरेको बचत फिर्ता पाउन सकस भएको घटना सुन्दा आश्चर्य लाग्न सक्छ । गरिव, विपन्नलाई लक्षित गरी खोलिएका सहकारीमा सदस्यमैत्री व्यवहार नहुँदा धेरै बचतकर्ताले समस्या भोग्नु परेको छ । यस्तै, भएको छ बिर्तामोडको एउटा सहकारीमा । सहकारीले आफ्ना सदस्यको बचत रकम फिर्तामा जालझेल गरिरहनु अलिकति पनि शोभनीय छैन । सहकारीले आफ्ना सदस्यको सकेसम्म सहजताका लागि काम गर्नुपर्छ । तर, बिर्तामोडमा एउटा सहकारीले आफ्नै सदस्यलाई दिनसम्म दुःख दिएको छ ।

बिर्तामोड–१ म सञ्चालित सम्पन्न बचत तथा ऋण सहकारी संस्थामा सदस्य अहिले यो समस्यासँग जुधिरहेका छन् । उनीहरु यस प्रकारको समस्यामा केहि दिन देखि जुधिरहेका छैनन् । महिनौ दिनदेखि जुधिरहेका छन् । त्यै पनि आफ्नो बचत रकम फिर्ता पाउन सकिरहेका छैनन् । संस्थाले विभिन्न समस्या देखाएर आफ्ना सदस्यलाई फर्काइरहेको छ । संस्था पनि समस्यामा पर्न सक्छ । विभिन्न असहज परिस्थिति आउन सक्छन् । असहज परिस्थितिलाई सामना गर्दै छिटोभन्दा छिटो समस्या समाधान गर्न सक्नुपर्छ । त्यसका लागि आवश्यक उपाय संस्थाले अपनाउनुपर्छ ।

सम्पन्न सहकारीमा केहि समयअघि तोडफोड भएको थियो । सदस्यहरुले तोडफोडमा उत्रिनु राम्रो होइन । समस्या समाधानमा सबैको भूमिका हुन्छ । सम्पन्न मात्र होइन, यस्ता धेरै सहकारीबाट सदस्य पीडित छन् । व्याजदरदेखि बचत फिर्तासम्मका समस्याले सदस्यहरु सहकारीबाट आजित छन् । यसको अर्थ, सबै सहकारी बद्मास छन् भन्ने पनि होइन । कतिपय सहकारी सदस्यमैत्री छन् । संस्थामा समस्या देखिए, सहकारी संघ पनि जिम्मेवार ठाउँमा छ । त्यसले सहकारी र सदस्यबिच देखिएका समस्या समाधानमा भूमिका देखाउनुपर्छ ।

प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]